पूर्व रास्ट्रपति ट्रंपले अर्को हप्ता जर्जियाको कारागारमा आत्मसमर्पण गर्ने

टेक्सास, अमेरिका। पुर्ब अमेरिकी रास्ट्रपति ट्रंप डोनाल्डलाइ गत सोमबार अगस्त १५ मा जर्जियाको चुनाव उल्टाउन षड्यन्त्र गरेको आरोपमा १३ वटा अभियोगहरु लगाइए पछि अगस्त २५ सम्म अदालतमा आत्मसमर्पण गर्न १० दिने म्याद दिएको थियो। सोहि म्यादलाइ ध्यानमा राखी ट्रंपले आगामी हप्ता आत्मसमर्पण गर्ने भएका छन्। शुत्रहरुका अनुसार उनले बिहिबार वा सुक्रबार अदालतमा उपस्थित हुनेछन। यस अघि न्यु योर्क,फ्लोरिडा र वाशिंगटन डिसीमा लगाइएका अभियोगहरुमा पनि उनि उपस्थित भएका थिए।


उनले आत्मसमर्पण गर्ने कारागार एट्लाण्टा स्थित फ़ुल्टन काउन्टीमा अबस्थित छ। सो दिन ट्रंपले जेलको वरिपरी आफ्नो फोटो खिचाउन र औठाछाप लिन घन्टौं बिताउनु पर्नेछ। चुनावी अभियानमा हुनुपर्ने ट्रंप त्यस दिनभर आरोपित अपराधिको हैसियतले अदालत र जेलबाहिर हल्लिरहेका हुनेछन।
फ़ुल्टन काउन्टीकी डिस्ट्रिक्ट एटोर्नि फ्यानी विलिसले २०२० को निर्बाचन सम्पन्न भए पछि पराजित भएका ट्रंपले जर्जियाको चुनाव उल्टाउन त्यहाँका सरकारी अधिकारीहरुलाई दवाव दिएको अडियो सार्बजनिक भए पछि करिव साढे दुइ बर्ष अघि अनुसन्धान शुरु गरेकी थिइन। चुनाव उल्टाउन संगठित रुपमा लागेको प्रमाण सहित ट्रंप र उनका १८ जना अन्य सहयोगीहरुलाई समेत मुद्धा दर्ता गरेकी छिन। न्यु योर्कका पुर्ब मेयर रुडी जुलियानी, ट्रंप मन्त्रीमंडलका चिफ अफ स्टाफ मार्क मेडोज लगायत सबैले अगस्त २५ भित्र उपस्थित हुनुपर्नेछ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907