हन्टर बाइडेन मुद्धामा नयाँ ट्विस्ट: स्पेसल काउन्सिलको नियुक्तिले जो बाइडेन तनाबमा

अमेरिकी सरकारका कानुन मन्त्री मेरिक गार्लेण्डले वर्तमान रास्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनको मुद्धा हेर्न स्पेसल काउन्सिल नियुक्त गरेका छन्। लामो समय देखि हन्टर बाइडेनको मुद्धा हेरिरहेका डेभिड वेइसलाइ बढुवा गरी स्पेसल काउन्सिल बनाइएको छ र उनको कार्यक्षेत्र पनि डेलावेरबाट जुनसुकै राज्यमा पनि काम गर्न पाउने गरी बढाइएको छ। स्पेसल काउन्सिलको नियुक्ति संगै रास्ट्रपति जो बाइडेनलाइ निकै असजिलो भएको छ।


हन्टर बाइडेन वर्तमान रास्ट्रपति जो बाइडेनका एक मात्र जीवित छोरा हुन्। त्यस्तै हन्टर बाइडेन लामो समय देखि लागु औषधिको अम्मली थिए र यतिबेला त्यसबाट बाहिर निस्किएर सामान्य जीवनयापन गर्न खोजिरहेका थिए। कर छलेको र अबैध हतियार राखेको आरोपमा उनीविरुद्ध करिव पांच बर्ष देखि मुद्धा चलिरहेको थियो।
अघिल्लो महिना मात्र हन्टर बाइडेनका वकिल र अभियोजक (प्रोसिक्युटर) डेभिड वेइस बीच हन्टर बाइडेनले गल्ति स्वीकार गर्ने र त्यस बापत उनलाई माफी दिने खालको सहमति भएको थियो हुन् सहमति न्यायाधिश द्वारा अस्वीकृत भएको थियो। बिगत केहि दिन देखि घटनामा केहि नयाँ कुराहरु उद्घाटित भएकोले स्पेसल काउन्सिल नियुक्त गरिएको न्याय मन्त्री मेरिक गार्लेण्डले पत्रकारहरुलाई जानकारी गराएका छन्।
स्पेसल कान्सिलको नियुक्तिले रास्ट्रपति जो बाइडेन अप्ठेरोमा परेको समाचारहरुमा जनाइएको छ। व्हाइट हाउसले यसमा स्पस्ट केहि नबोले पनि रास्ट्रपति बाइडेन आफ्नो छोरालाई अत्यन्त माया गर्ने र उनको बिरुद्ध केहि सुन्न नचाहने भएकोले स्थिति निकै जटील बनेको छ। खास गरी यो मुद्धा लम्बिदै र तन्किदै उनको निर्बाचनको समयसम्म पुग्ने र त्यसले उनको चुनावी यात्रालाई असहज बनाउन सक्ने देखिन्छ।
रिपब्लिकनहरुलाई मात्र न्याय मन्त्रालय र एफबीआइले निशाना बनाएको, कानुन सबैलाई बराबर नभएको भनेर आलोचना गरिरहेको दक्षिणपन्थी धार भने यसबाट केहि शान्त हुने देखिएको छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907