अमेरिकी राज्य हवाईको आगलागीमा दर्जनौको मृत्यु
टेक्सास, अमेरिका। अमेरिकी राज्य हवाईको माउइ काउन्टीमा भएको आगलागीमा परी अहिलेसम्म ३६ जनाको ज्यान गएको छ भने दर्जनौ अरु घाइते भएका छन्। अधिकारीहरुले यो संख्या बढ्ने र स्थिति निकै अप्ठेरो भएको जानकारी दिएका छन्।
आगलागीसंग जुध्न र उद्धार एबम पुनर्स्थापनाको लागि रास्ट्रपति जो बाइडेनले आपतकालीन त्यहाँ आपतकालको अनुमोदन गरेका छन्। यसले संघीय श्रोतहरुलाई परिचालन सजिलो हुने जनाइएको छ।
माउइ काउन्टीको लहैना सिटी लगभग सबै ध्वस्त भएको छ। करिव १३ हजार जनसंख्या भएको यो सिटी जुन हवाईमा राजतन्त्र हुँदा राजधानी भएको ऐतिहासिक स्थल हो। गत मंगलबार शुरु भएको यो आगलागी नियन्त्रण गर्न राष्ट्रिय गार्ड परिचालन गरिएको छ। आगलागीको कारण थाहा नभए पनि यो स्तरमा आगो फैलिनुमा त्यहाँको अनियन्त्रित घाँस रहेको जनाइएको छ।