सुनील शर्मा पक्राउसम्बन्धी सीआईबीको पत्र संसद् सचिवालयमा
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले कांग्रेस सांसद सुनील शर्मा पक्राउबारे संसद् सचिवालयलाई जानकारी गराएको छ । सीआईबीले संसद् सचिवालयलाई पत्र पठाएर जानकारी गराएको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् ।सीआईबीका एक अधिकारी आफैँ आएर सिंहदबारस्थित सचिवालयलाई पत्र बुझाएका हुन् ।
सांसद पक्राउ गर्दा संसद् सचिवालयलाई जानकारी दिनुपर्ने व्यवस्था छ । सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोपमा शर्मालाइ पक्राउ गरेको हो