एएनए सम्मेलनको उद्घाटन जुलाई २ मा
अमेरिकाको सबभन्दा पुरानो संगठित संस्था मानिएको एनएनएको डालसमा हुने सम्मेलन यहि जुलाई २ गते उद्घाटन हुँदैछ। संस्थाका अध्यक्ष विजयराज भट्टराइकाले प्रेसित गरेको सूचना अनुसार डालस नजिकै रहेको शहर कोपेलस्थित फोर पोइन्ट्स बाइ शेराटन होटेलमा शनिबार बिहान ९ बजे उक्त सम्मेलनको बिधिबत उद्घाटन हुनेछ। सम्मेलन जुलाई १,२ र ३ गरी तीन दिन चल्नेछ। एनएनएको यो सम्मेलनलाई डालस मै रहेको नेपालीहरुको साझा संस्था नेपाली समाज टेक्सासले होस्ट गर्दैछ।
उद्घाटन समारोहमा अमेरिकभरीबाट बिभिन्न संस्थाका प्रतिनिधिहरु आउने भएका छन् भने होटेलमा उपलब्ध सबै कोठाहरु बुक भैसकेको जनाइएको छ। सम्मेलनमा हरेक तह र तप्काका व्यक्तिहरुको लागि उपयुक्त हुने कार्यक्रमहरु रहने जनाइएको छ। बच्चाहरु, किशोरहरु, प्रौढ र बृद्ध, साहित्य लगायत धेरै पक्षलाइ समेटेर कार्यक्रमहरु तयार गरिएको छ। निशुल्क स्वास्थ्य शिविर समेत उक्त अबसरमा संचालन गरिने जनाइएको छ।
यो अबसरमा उपस्थित भएर सहभागिता जनाउन समेत डालसबासि सम्पूर्ण नेपालीहरुमा सादर अनुरोध गरिएको छ।