अमेरिकामा अब छिट्टै ड्रोनले सामान ढुवानी गर्ने
क्यालिफोर्निया, अमेरिका। करिव १० बर्ष अघि चर्चामा ल्याइएको ड्रोनबाट सामानहरु ढुवानी गर्ने सोंचाईले मुर्त रुप पाउने भएको छ। अमेजनका प्रमुख जेफ बेजोसको उक्त सोंचाईलाई अगाडी ल्याएका थिए। अमेजनले सोमबार जनाए अनुसार अन्य केहि स्थलका ग्राहक लगायत लक्फ़ोर्ड क्यालिफोर्नियाका बासिन्दाहरुले यस बर्षको अन्त्यतिर “प्राइम एयर डेलिभरी” प्राप्त गर्नेछन्।
तर सबै खालका ढुवानीहरु भने यसले गर्ने छैन। यस्ता ड्रोनहरुले पांच पाउण्ड वा त्यो भन्दा कम र वितरण केन्द्रबाट १५ माइल टाढासम्मका सामानहरु मात्र पहिलो चरणमा ढुवानी हुनेछन।
यी ड्रोनहरुले आफ्नो बाटोमा भेटिने सामाग्रीहरुलाइ पत्ता लगाएर ग्राहकको घरको पछाडीको भाग (ब्याक यार्ड) को नजिकै आउछन। ब्याक यार्डको केहि उचाइमा आएर यी ड्रोनहरु टक्क अडिन्छन र समान सुरक्षित रुपमा खसालेर फेरी उडान भर्दै वितरण केन्द्रमा फर्किन्छन।
यस्तो प्रक्रियामा आकासको प्रयोग गर्नु पर्ने भएकोले संघिय उड्डयन अथोरिटीले स्वीकृति दिनु पर्ने हुन्छ जसको लागि अमेजन लामो समय देखि प्रक्रियामा थियो। मान्छेको आँखाले देख्ने भन्दा बाहिरको क्षेत्रमा ढुवानी गर्दा हुने सुरक्षा चुनौती र अन्य अबस्थाहरुलाई ख्याल राख्दै संघिय सरकारको उक्त एजेन्सीले लामो समय सम्म अध्ययन गरेको थियो। तर संघिय उड्डयन अथोरिटीले भने त्यो अनुमति कहिले देखि दिने भनेर सार्बजनिक गरेको छैन। अमेजन बाहेक अन्य कम्पनीहरु पनि यस्तो अनुमति लिने प्रक्रियामा रहेको पनि जनाइएको छ। (बिभिन्न श्रोतहरुबाट लेखनाथ गौतम)