अमेरिकी बन्दुक कानुनमा “ब्रेक थ्रु” को सम्भावना, केहि बिषयमा सहमति जुट्यो
वाशिंगटन डिसी। अमेरिकामा लामो समय देखि अल्झेर रहेको बन्दुक नियन्त्रण समबन्धि बिधेयक पारित गर्ने सम्बन्धमा दुवै पार्टीका सिनेटरहरुबीच मोटामोटी सहमति भएको छ। रिपब्लिक पार्टी र डेमोक्र्याटिक पार्टीका १०/१० जना सम्मिलित सिनेटरहरुको समुहले आइतबार यस्तो सहमति जुटेको जानकारी गराइएको छ।
यो बिधेयक लेख्न अझै बाँकी रहे पनि मोटामोटी सहमतिले सिनेटमा पास हुन सक्ने आशा व्यक्त गरिएको छ। रिपब्लिकन पार्टीका १० जना सम्मिलित यो समूह र सिनेटमा अल्पमतमा रहेको पार्टीका प्रमुख मिच मकानलको पनि समर्थन रहेको अबस्थामा लामो समय देखि बन्दुक सम्बन्धि कानुनमा केहि नभएको अबस्थाको “ब्रेक थ्रु” मानिएको छ।
यो कानुनमा अमेरिकी जनतामा लोकप्रिय रहेका धेरै प्राबधान भने रहेका छैनन। तर मानसिक स्वास्थ्यमा लगानी बढाउने, रेड फ्ल्याग सम्बन्धि कानुन कानुन कार्यान्वयन गर्ने जसले अदालतद्वारा आफु र अन्यको लागि घातक भनेर ब्याख्या गरिएका व्यक्तिहरुलाई हतियार नबेच्ने प्रणाली बनाउने, २१ नपुगेका व्यक्तिहरुलाई बन्दुक बेच्दा अतिरिक्त समय लिएर जांच गर्ने र स्कुलको सुरक्षाको लागि अरु प्रबन्धहरु गर्ने सहितका कुराहरुले यो कानुनले अमेरिकामा रहेको बन्दुकको आतंकमा कमी आउने विश्वास गरिएको छ।
बन्दुक सम्बन्धि कानुन निर्माणमा सक्रिय धेरै संस्थाहरुले यसलाई सकारात्मक शुरुवात भनेका छन्। “नहुनु भन्दा कानो मामा भएनी जाती” भन्ने उखान जस्तै दशकौं देखि एक इन्च पनि सर्न नमानेका रिपब्लिकनहरु समेत यसमा सहमत भएकोमा प्राप्त उपलब्धि संस्थागत गर्ने र अरु कुराहरुको लागि थप दवाव सिर्जना गर्ने मनस्थितिमा धेरै जसो अमेरिकीहरु देखिन्छन। दुवै पार्टीको ५०/५० सिट भएको अमेरिकी सिनेटमा फ़िलिबस्टर नामक भिटो पास गर्न यो भन्दा प्रगतिशील बिधेयक आउने सम्भावना नै थिएन। कुनै बिधेयक पास गर्न फ़िलिबस्टर निस्कृय बनाउन ६० सिनेटरहरुको समर्थन आबस्यक हुन्छ।
सिनेटमा बहुमत पार्टीका प्रमुख चक सुमरले अब यो सहमतिलाई छिटो सिनेटमा प्रस्तुत गर्ने जनाएका छन् भने रास्ट्रपति बाइडेनले पनि बिधायकहरुलाई छिटो छिटो यसलाई पास गरेर आफूकहाँ ल्याउन अपिल गरेका छन्।
केहि दिन अघि टेक्सासको युभाल्डे स्थित प्राथमिक बिद्यालयमा भएको गोलीकाण्ड पछि सिनेटरहरुलाई केहि न केहि गर्न दवाव परेको थियो यसको लागि सहमति तयार गर्न डेमोक्र्याटिक पार्टीबाट सिनेटर क्रिस मर्फी, क्रिस्टेन सिनेमा, मार्क केली, रिचार्ड ब्लुमेन्थल, कोरी बुकर, क्रिस कुन्स, मार्टिन हेनरिच, जो म्यान्चिन, डेबी स्टेबिनअ छन् भने रिपब्लिकन पार्टीको तर्फबाट जोन कोर्निन, थम टिलिस, रिचार्ड बर, रोय ब्लण्ट, बिल क्यासिडि, सुजन कोलिन्स, लिन्ड्से ग्राहम, रब पोर्ट्म्यान, मिट रमनी, प्याट टुमी सहभागी थिए।