अमेरिकामा घरको मुल्य घट्दै

कोभिड-१९ को कारण निर्माण सामग्रीको उत्पादन कम भए संगै आकासिएको घरको मूल्य अब घट्ने अनुमान गर्न थालिएको छ। असामान्य मूल्य वृद्धि भएका ठाउंहरुमा अबको दुइबर्ष मूल्य झन् कम हुने विज्ञहरुले आंकलन गर्न थालेका छन्। घर बेच्ने सुरमा हुनुहुन्छ भने यो समय उत्तम हुनसक्छ।
कोभिड-१९ ले गर्दा उत्पादन, वितरण र लजिस्टिकमा निकै असन्तुलन देखा परेको थियो। लकडाउन र घरमा बसेर काम गर्नेहरुको कारण घरको मूल्य अत्यन्त वृद्धि भएको थियो। त्यस्तै अरबौं डलर सरकारले सित्तैमा बाँडेको थियो जसले अपार्टमेन्टमा बस्नेहरुले पनि घर लिन सजिलो अवस्था सृजना भएको थियो। तर कोभिडको महामारी शान्त भएसंगै अस्वाभाविक रुपमा वृद्धि भएको घरको बजार सुस्ताउन थालेका संकेतहरु देखिन थालेका छन्।
महामारी शुरु भए देखि अमेरिकाका धेरैजसो ठाउँहरुमा ३० देखि ४० प्रतिशतसम्म घरको मुल्य बढेको तथ्यांक देखिन्छ। अर्थशास्त्रीहरुले अब यो वृद्धिदर घट्ने त पक्का नै छ भने मुल्य घट्ने आंकडाहरु प्रस्तुत गरेका छन्। अमेरिका र बिस्वको अर्थतन्त्रमा मन्दी देखिन थालिसकेको अहिलेको सन्दर्भमा घरको खरिद बिक्रीमा ब्यापक गिरावट आउन सक्ने अनुमान गरिएको छ। घर लगायत अन्य बस्तुहरुको मूल्य ब्यापक वृद्धि हुनुमा मुद्रास्फीति अर्थात् इन्फ्लेसन पनि जिम्मेवार थियो।
अमेरिकाको फेडेरल रिजर्भले ब्याजदर क्रमश बढाइरहेको छ। २०२१ को औसत ब्याजदर ३ प्रतिसत भन्दा कम थियो भने २०२२ मा ५ प्रतिसत भन्दा बढी हुने र त्यो अझै बढ्ने अनुमान समेत गरिएको छ। फेडेरल रिजर्भले मुद्रास्फीति कम गर्न ब्याजदर बढाउने नीति अख्तियार गरेको छ। आगामी नोभेम्बरमा हुने मध्यावधि निर्बाचनमा मुद्रास्फीतिको कारण डेमोक्र्याटहरुले हार्ने आंकलन गरिएको अबस्थामा बाइडेन प्रशासनले मौद्रिक नीतिमा कडाइ गरिरहेको छ। ब्याजदर २ प्रतिशत सम्म पुगेको बेलामा निकै राम्रो रहेको घर किनबेचको बजार ब्याजदर बढे संगै घट्नु स्वाभाविक नै हो।
अहिलेको मुल्य र ब्याजदर हेर्दा करिव ८० प्रतिशत घरहरुको मासिक खर्च दुइ बर्ष अघिको भन्दा ५० प्रतिशत भन्दा बढी हुने देखिन्छ जसले क्रेताहरुलाई दुरुत्साहित गरेको छ। हुन त अहिले पनि घरको माग धान्न करिव चालिस लाख घरहरु निर्माण हुनुपर्छ जसले घरको मुल्य वृद्धिको दर कम भए पनि घट्ने सम्भावना समेत कम रहेको अनुमान धेरैले गरेका छन्। तर घर किन्ने नसक्ने गरी महँगो र ब्याजदर पनि अत्यन्त बढी भएको अबस्थामा धेरै मानिस घरको खोजी गर्न बन्द गर्न सक्छन जसले घरको ब्यापार निकै कम हुन सक्छ भनेर विश्लेषण गरिएको छ। अर्थशास्त्रीहरुका अनुसार आगामी दुइ बर्षमा अमेरिकामा औसत १५ प्रतिशतले घरको मूल्य घट्ने छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907