नाती नातिना नजन्माएको भन्दै भारतीय दम्पतिद्वारा छोरा बुहारी बिरुद्ध क्षतिपुर्ति मुद्धा
नयाँ दिल्ली, भारत। बिहे भएको ६ बर्ष सम्म पनि नाति नातिना नदिएको आरोपमा एक दम्पतीले आफ्ना छोरा र बुहारी बिरुद्ध अदालतमा मुद्धा दायर गरेका छन्। उत्तराखण्ड राज्यस्थित हरिद्वार निवासी साधना र संजिव प्रसादले आफ्नो ३६ बर्षीय छोरो र ३१ बर्षिय बुहारी माथि पांच करोड भारतीय रुपैयाँ क्षतिपुर्ति माग गर्दै यस्तो मुद्धा दिएका हुन्।
उनीहरुले आफुले छोरो हुर्काउदा दुइ करोड खर्च भएको जिकिर मुद्धामा गरेका छन्। उनीहरुका वकिल अरविन्द श्रीवास्तवका अनुसार जन्माउन, हुर्काउन, बढाउन, पढाउन देखि पाइलट बनाउन धेरै खर्चिलो भएको जनाएका छन्। आफ्ना साथीहरुले नाती नातिना खेलाउदा आफुलाई पनि रहर लागेको र नाति नातिना खेलाउन पाउनु पर्ने उनीहरुको दावी छ। उनीहरुको बिहे गरिदिएको हामी नाती नातिना बिहिन भएर एक्लै बस्न नभएकोले कि त नाती नातिना जन्माउन कि त क्षतिपुर्ति दिन माग गरेका छन्।
श्रीवास्तवले भने “उनीहरु बुढाबुढी हुँदै जाँदा हेरचाह गर्ने कोहि छैन र उनीहरु पनि अरु जस्तै हजुरबा हजुरआमा बन्न चाहन्छन “। मुद्धामा उनीहरुले छोरा बुहारीलाई हनिमुन मनाउन कार पनि किनेर दिएको उल्लेख गरेका छन्।
यो मुद्धाले बिस्वभर तरंग ल्याइदिएको छ तर मुद्धा दिने साधना प्रसाद र संजिव प्रसादका छोरा बुहारीको यस बारेमा के प्रतिक्रिया छ भन्ने कुरा भने कहिँ बाट प्राप्त हुन सकेको छैन।