सिकागोमा डाक्टर कोइरालाको कार्यक्रम सम्पन्न, करिव एक करोड सहयोग उठ्यो

सिकागो, अमेरिका। नेपालमा बाल अस्पताल बनाउने उद्देस्यले अमेरिकाको भ्रमणमा रहेका मुटुरोग बिशेसज्ञ डाक्टर भगवान कोइरालाले यहाँ एक अन्तरक्रिया कार्यक्रममा सरिक हुनु भएको छ। K -PALS अमेरिकाको संयोजनमा संचालित उक्त कार्यक्रममा करिव ८९ हजार डलर बराबर को रकम बाचा र संग्कलन भएको छ। सम्बर्ग सिकागोमा अबस्थित हायात होटेलमा सम्पन्न उक्त अन्तरक्रियामा सिकागो वरपरका सबै नेपाली संघ संस्थाहरुको ऐकेबद्धता तथा उपस्थिति थियो।
सो अबसरमा नेपालमा KIOCH ( Kathmandu institute of child health ) मार्फत निर्माण गर्न लागिएको बाल अस्पतालको बाँकी काम सम्पन्न गर्न क्वाड सिटि नेपाली समाजले १५ हजार डलर, आयोजक संस्थाका बोर्ड अफ डिरेक्टर राधेस र शिला पण्डितले २५ हजार डलर, एनआरएन अमेरिकाका अध्यक्ष बुद्धि सुबेदीले बार्षिक ५ हजारका दरले पांच बर्षमा २५ हजार डलर, नबयुबा क्लब एप्पल्टन विस्कान्सिनले १० हजार डलर, नेपाली युबाहरुको स्पोर्ट्स क्लब डाँफे फुटबल क्लबले एक हजार तथा अन्य उपस्थित महानुभावहरुबाट १४ हजार डलर संकलन भएको छ।
कार्यक्रममा प्रमुख बक्ता डाक्टर कोइरालले आफ्नो परियोजनाको बिस्तृत जानकारी गराउनुको साथै समाजमा उठेका केहि प्रश्नहरुको समेत जवाफ दिनु भएको थियो। चन्दा संकलन गरेर समाजसेवा गर्ने र कतिपय बिचमै परियोजना अलपत्र बन्ने गरेको परिप्रेक्षमा समुदायका व्यक्तिहरु वा चन्दादाताहरुलाई आस्वस्त पार्ने डाक्टर कोइरालले परियोजनाको बारेमा केहि तथ्य समेत अबगत गराउनु भएको थियो।
उहाँको सपना नेपालका सातै प्रदेशहरुमा कमसेकम एउटा सुबिधासम्पन्न बाल अस्पताल बनाउने रहेको छ। ती अस्पतालहरुमा गरिवहरुको लागि शत प्रतिशत निशुल्क उच्च स्तरिय उपहार सेवा उपलब्ध हुनेछ। तिर्न सक्नेहरूका लागि पनि सरकारी अस्पतालहरुमा जत्तिकै सस्तो मुल्यमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुनेछ।

यो अभियान डाक्टर कोइरालाको बिशुद्ध सामाजिक र मानवीय काम गर्ने हुटहुटीको परिणामस्वरूप जन्मेको हो। आर्थिक लाभको लागि उहाँले काम गर्न केहि असजिलो छैन। अनुभव र क्षमताले खारिएको उहाँ जस्तो व्यक्तिका जोसुकैले पनि लगानी गर्न तयार हुन्छ। आव्हान गर्ने नै हो भने छोटो समयमा करोडौं जम्मा हुनसक्छ र त्यसमार्फत निकै सम्पति आर्जन गर्न समेत उहाँले सक्नु हुन्छ। त्यहि भएर नै आफ्नो समय, उर्जा, बुद्धि साथै आर्थिक समेत लगानी, देशविदेशमा रहेका नेपालीहरुको स्वतस्फुर्त सहयोग देखि नेपालकै बित्तिय संस्थाहरुको सहयोगमा यो अभियानमा दिनरात लागिरहनु भएको छ।
अहिले उहाँको अमेरिका यात्रा भने झापाको दमकमा एक अस्पताललाई पूर्ण रुपमा संचालनमा ल्याउने उद्देस्यमा केन्द्रित रहेको छ। दमकमा रहेको रेडक्रसको स्वामित्वमा रहेको ३२ शैयाको अस्पताललाई संचालन गर्ने रेडक्रसले KIOCH ( Kathmandu institute of child health ) लाइ निशुल्क रुपमा उक्त भवन उपलब्ध गराएको थियो। सोहि भवनलाई १० करोड खर्च गरेर सुबिधासम्पन्न बनाउने काम भैसकेको छ। त्यसलाई संचालन गर्न केहि थप रकम आबस्यक भएकोले सहयोगी मनहरुको अनुरोधलाई स्वीकार गर्दै उहाँ अमेरिका आउनु भएको हो। त्यस्तै काठमान्डूमा पनि अस्पताल निर्माणको लागि जग्गाको व्यवस्था हुनुको साथै अन्य तयारीहरु भैरहेका छन्।
त्यस्तै अमेरिकामा रहेका डाक्टरहरुको संस्था समेत कोइरालाको यो अभियानमा जोडिएको छ। प्रबासमा आफुले सिकेको सिप र अनुभवलाई बिभिन्न माध्यमले नेपालमा सेवा बिस्तारमा सघाउने उहाँहरुको चाहनालाइ पनि KIOCH ले समन्वय गरिरहेको छ र गरिरहने छ। अहिले डाक्टर कोइराला संस्थाको प्रमुख हुनुहुन्छ र उहाँले आजीवन यो संस्थामा निशुल्क सेवा दिनुहुनेछ। अस्पताल निर्माण भैसके पछि योग्य मानिसलाई नेतृत्व सुम्पेर अभिभावकत्व सहित आजीवन सेवा गर्ने उहाँको सोंच रहेको छ।
आउनुहोस तपाईं हामि पनि यो पुन्य कार्यमा जति सकिन्छ, सहयोग गरौँ। नेपालमा बिपन्न बालबालिकाहरुको स्वास्थ्य सेवाको लागि केहि भए पनि गरेर आफ्नो मातृभूमिको ऋण तिर्न प्रयास गरौँ। (रिपोर्ट : लेखनाथ गौतम)

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907