अर्मा गार्सियाको परिवारको लागि गोफ़ण्डमीको खातामा २३ लाख डलर चन्दा उठ्यो
युभाल्डे, टेक्सास। १८ बर्षिय साल्भाडोर रामोसले १९ जना ४ कक्षाका बालबालिका र दुइ शिक्षकहरुको हत्या गरेपछिको अबस्थामा नयाँ नयाँ कुराहरु बाहिर आइरहेका छन्। पुलिसको लापरबाही उजागर भएको छ भने युभाल्डे सिटि समुदाय यो आतंकबाट अघि बढ्ने प्रयत्न पनि गर्दैछ। यसै क्रममा सबै बालबालिकाहरुको सनाखत भैसकेको छ भने यसमा खास के भएको हो र कसको असाबधानीले यस्तो घटना घट्यो भन्ने कुरा पनि बिस्तारै उजागर हुँदैछ।
मारिएका दुइ जना शिक्षिका मध्ये अर्मा गार्सियाको बारेमा केहि तथ्य उजागर भएका छन्। उनको श्रीमानको नाम जो गार्सिया हो जसले श्रीमतीको मृत्यु सहन नसकी अर्को दिन नै देहत्याग गरे। उनका चार जना छोराछोरी छन्। युभाल्डे स्कुल डिस्ट्रिक्टको वेबसाइटका अनुसार उनी आफ्ना श्रीमानसंग बार्बिक्यु गर्न रुचाउथिन। उनीहरु २४ बर्ष देखि खुशीसाथ बिबाहित जीवन बिताइरहेका थिए।
अर्मा गार्सियाको जेठो छोरा मरिनमा छन्। अर्को छोरा टेक्सास राज्य बिस्वबिद्यालयमा पढ्छन भने जेठी छोरी ११ र कान्छी छोरी ७ कक्षामा पढ्छिन। उनका छोरीहरु अर्को बर्ष १२ र ८ कक्षामा पढ्नेछन्।
मारियाको हत्या भएकै दिन जेमी र डेब्रा अस्टिन नाम गरेका उनका आफन्तहरुले सतगत एबम अन्य पारिवारिक खर्चको लागि गोफ़ण्डमी खोलेर चन्दा संकलन अभियान शुरु गरे। १० हजार डलर लक्ष राखिएको उक्त खातामा अहिले सम्म करिव २३ लाख डलर संकलन भैसकेको छ र त्यो क्रम जारी नै छ। अहिले सम्म चालिस हजार भन्दा बढी मानिसहरुले मारियाको परिवारलाई चन्दा दिएर सहयोग गरेका छन् भने यसको गति हेर्दा कमसेकम ३० लाख चन्दा संकलन हुने आंकलन गर्न सकिन्छ। (रिपोर्ट: लेखनाथ गौतम)