टेक्सासको युभाल्डे सिटी स्कुल हत्याकाण्डमा प्रहरीको गम्भीर लापरबाही

युभाल्डे टेक्सास। मे २४ मा टेक्सासको युभाल्डे सिटिमा भएको गोलिकाण्डमा पुलिसबाट गम्भीर त्रुटी भएको खुल्न आएको छ। मे २६ मा गरिएको पत्रकार सम्मेलनका अनुसार यस्तो खुल्न गएको छ।
१८ बर्षिय साल्भाडोर रामोसले आफ्ना हजुर आमालाइ गोलि हानेर भागे पछि ९११ मा रिपोर्ट भएको थियो। त्यस पछि रामोसले जर्मनीमा रहेकी उसकी एकजना साथीलाई आफु अब प्राथमिक स्कुलमा गोलि हान्न जान लागेको बताएर हाते गन र राइफल लिएर स्कुल तर्फ पिक अप ट्रकमा गएको थियो। अनियन्त्रित गाडी स्कुल नजिकैको खाल्डोमा खसे पछि त्यहाँ बाट उ निस्केको थियो र स्कुल तर्फ अघि बढेको थियो। त्यति बेला करिव ११.३० भएको थियो।
त्यसपछि करिव १२ मिनट उक्त बन्दुकधारी स्कुलको प्राङ्गणमा घुमिरहेको थियो। त्यसपछि उ भित्र गएर १९ जना बालबालिका र २ जना शिक्षकको हत्या गरेको थियो। स्कुलको फेसबुक पेजका अनुसार अपरान्ह १.०६ बजे बन्दुकधारी मारिएको र सुटिङ्ग बन्द भएको जनाइएको थियो। करिव एक घण्टा भन्दा बढी उक्त बन्दुकधारी स्कुल भित्र थियो। यति लामो समय सम्म पनि सयौंको संख्यामा रहेका प्रहरीहरु स्कुल भित्र जान सकेनन। फलस्वरूप १९ जना कलिला बालबालिकाहरुको हत्या भयो।
यतिबेला युभाल्डे सिटि र अमेरिकाभर प्रहरीको लापरबाही प्रति प्रश्न गर्न थाल्नुको साथै आक्रोश व्यक्त गर्न थालिएको छ। बन्दुकधारी भित्र गैसके पछि पनि लामो समय प्रहरी भित्र पस्न नसकी मुकदर्शक बनेको थियो। त्यति लामो समयसम्म धेरै बच्चाहरुका अभिभाबक स्कुलमा आइसकेका थिए। उनीहरुले पुलिसलाई भित्र छिटो जान वा आफुलाई भित्र जान दबाव दिएका थिए भने प्रहरीले त्यस्ता अभिभावकलाई समेत हत्कडी लगाएर चुप लगाएका थिए।
शुरुका रिपोर्टहरुमा प्रहरीले स्कुलको सुरक्षा गर्ने अफिसरलाइ गोलि हानिएको जनाइएको थियो भने अहिले भने उक्त कुरा गलत भएको जनाइएको छ। यसले प्रहरीको भूमिका प्रति गम्भीर सन्देह पैदा गरिदिएको छ। बिना हतियारका व्यक्तिहरुलाई मारेर आलोचना खेपिरहेको प्रहरीले स्कुल भित्र छिरेको बन्दुकधारीलाइ करिव एक घण्टासम्म केहि गर्न नसक्दा धेरैले आक्रोश व्यक्त गर्न थालेका छन्।
रामोसले आफ्नो १८औं जन्मदिनमा दुइवटा सेमी अटोम्याटिक राइफल किनेका थिए। अमेरिकामा रक्सि किन्न कमसेकम २१ बर्ष नाघेको हुनपर्छ भने टेक्सासमा त चुरोट किन्न पनि २१ बर्ष नाघेको हुनु पर्छ तर बन्दुक किन्न भने १८ बर्षको मात्र हदबन्दी छ। (रिपोर्ट: लेखनाथ गौतम)

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907