टेक्सासको स्कुलमा फेरी अर्को हत्याकाण्ड

टेक्सासमा फेरी अर्को सामुहिक हत्याकाण्ड भएको छ। टेक्सासको युभाल्ड सिटीको रब प्राथमिक बिद्यालयमा भएको उक्त हत्याकाण्डमा यो रिपोर्ट तयार पार्दासम्म १८ जना बालबालिका र एकजना शिक्षकको मृत्यु भएको छ। १८ बर्षिय बन्दुकधारीले हाते बन्दुक र राइफलको प्रयोग गरेर यसरी हत्या गरेको टेक्सासका गभर्नर ग्रेग एबोटले जानकारी गराएका छन्।
दुइ, तीन र चार कक्षामा पढ्ने बिद्यार्थीहरु यो हत्याकाण्डका शिकार भएको सुरक्षा अधिकारीहरुले जानकारी गराएका छन्। घटनामा संलग्न उक्त व्यक्ति पनि सुरक्षा निकायको कारबाहीमा मारिएको छ। उक्त व्यक्ति युभाल्ड उच्च माध्यामिक बिद्यालयमा अध्ययनरत बिद्यार्थी रहेको जानकारी गराइएको छ। उक्त व्यक्तिको नाम साल्भाडोर रामोस रहेको र उसले स्कुलमा प्रवेश गर्नु अघि आफ्नो हजुरआमालाई समेत गोलि हानेको जनाइएको छ। घटनामा घाइते भएका सबैको स्थानीय अस्पतालमा उपचार भैरहेको छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907