युक्रेन पछि ताइवानको हल्ला, बाइडेनको भनाइले बिस्व तरंगित

एसियाको भ्रमणमा रहेका अमेरिकी रास्ट्रपति जो बाइडेनको ताइवान सम्बन्धि अभिव्यक्तिले बिस्व तरंगित बनेको छ। जापानका प्रधानमन्त्री फुमिओ किसिदासंगको संयुक्त पत्रकार सम्मेलनमा एक प्रश्नको उत्तर दिने क्रममा चीनले जबर्जस्ति ताइवान कब्जा गरेमा अमेरिकाले ताइवानलाइ सैन्य सहयोग गर्ने कुरा बताएका थिए। उक्रेनमा प्रत्यक्ष रुपमा लड़ांइमा भाग नलिएको अमेरिकाले ताइवानमा भने प्रत्यक्ष भाग लिने भनाइ स्पस्ट संग राखेका छन्।
ताइवानको बिषयमा अमेरिकाको नीति स्पस्ट छैन। एक चीनको नीति अंगिकार गर्ने भन्ने कुरामा सहमति भए पनि करिव दुइ करोड तिस लाख जनसंख्या भएको ताइवान टापुको बिषयमा अमेरिकाले चीनको दावीलाई स्वीकार गरेको छैन। स्वतन्त्र रुपमा संचालन भैरहेको ताइवानलाइ जबर्जस्ति चीनमा गाभ्ने कुरामा अन्तररास्ट्रिय समुदाय बिपक्षमा रहे पनि यो एक चीनको अंग होइन भनेर कसैले भन्न सकेका छैनन्। चीनको बढ्दो आर्थिक प्रभावले ताइवानको स्वतन्त्रता जोखिममा पर्दै गएको धेरैको विश्लेषण छ।
रास्ट्रपति बाइडेनको भनाइलाई वाशिंटन डिसीमा असहज तरिकाले ग्रहण गरिएको छ। स्वयम् बाइडेन प्रशासनको आधिकारिक धारणा बिपरितको यो भनाइले सरकारी अधिकारीहरु अप्ठेरोमा परेका छन्। एकातिर बैदेसिक नीति परिवर्तन नहुनु तर रास्ट्रपतिबाट फरक मत आएको अबस्थामा त्यसलाई कसरी सन्तुलित गर्ने भन्नेमा उनीहरु प्रयासरत छन्।
यस अघि पनि बाइडेनले रसियाका रास्ट्रपतिलाइ युद्ध अपराधी र उनलाई सत्ताच्युत गर्नु पर्ने खालको बिबादास्पद अभिव्यक्ति दिएका थिए जसबाट बाइडेन प्रशासन पछि हट्नु परेको थियो।
रास्ट्रपति बाइडेनको भनाइको चीनको विदेश मन्त्रालयका प्रबक्ताले आलोचना गर्दै अमेरिका एक चीन नीतिमा प्रतिबद्ध रहनु पर्ने र त्यसैमा सबैको भलो हुने प्रतिक्रिया दिएका छन्। पररास्ट्र मन्त्रालयका प्रबक्ता वाङ्ग वेनबिनले कडा असन्तुस्टी र स्पस्ट बिरोध जनाउदै यस्ता अभिव्यक्तिले चीनको आफ्नो नीतिमा परिवर्तन नआए पनि ताइवानका पृथकताबादीहरुको मनोबल बढ्ने भएकोले अमेरिका चीनको सम्बन्धमा त्यसले गम्भीर असर गर्ने कुरा सचेत गराएका छन्।
ताइवान चीनको मुख्य भुमी भन्दा करिव एकसय माइल टाढा अबस्थित छ। यो टापू टापुहरु मिलेर बनेको छ। यो लामो समय देखि अस्तित्वमा छ भने पटक पटक उपनिवेश बनिसकेको छ।
कुनै केन्द्रिय सरकारद्वारा शासित नभए पनि सन् १६०० भन्दा अघि ताइवान स्वतन्त्र नै थियो। १७औ शताव्दीको शुरु देखि मध्यसम्म करिव ४० बर्ष यो नेदरल्याण्डको उपनिवेश भएको थियो भने त्यसपछि फेरी दुइ दशक स्वतन्त्र रुपमा संचालित भयो। त्यसपछि ताइवानलाइ चीनले करिव दुइ सय बर्षसम्म आफ्नो आधिपत्यमा राख्यो। १८९५ मा सिनो-जापान युद्ध पछि ताइवान जापानको उपनिवेश बन्यो।
दोश्रो बिस्वयुद्धमा जापान पराजित भए पछि फेरी यो चीनको रास्ट्रबादि शक्तिको फन्दामा पर्यो। १९४९ मा माओको नेतृत्वमा चिनिया कम्निस्ट पार्टीले चीनमा जनबादी गणतन्त्र स्थापना गरे पछि उक्त पराजित रास्ट्रबादि शक्ति र त्यसका सेनाहरु ताइवानमा गएर आफु चीन र ताइवान दुवै ठाउँको आधिकारिक हकदार भएको जिकिर गरिरहे। १९९० पछि मात्र उनीहरुले चीनको मुख्यभूमि माथिको दावी परित्याग गरे। तर चीनले ताइवान माथिको दावी छोडेको छैन र यसलाई एक चीन अन्तर्गत व्यवहार गर्न विस्वका अन्य राष्ट्रहरुलाई प्रभावित गर्ने गरेको छ।
यसरी इतिहासमा पटक पटक बिदेसीहरुले रजाईं गरेको ताइवानको भविस्य अन्योलमा छ। चीनको प्रभावका कारण कुनै पनि देश ताइवानको स्वतन्त्रताको पक्षमा बोल्न सकिरहेका छैनन्। अमेरिकी रास्ट्रपति बाइडेनले अमेरिकी नीतिको बिरुद्ध चीनले ताइवानमाथि हमला गरेको खण्डमा हामीले प्रतिरक्षा गर्छौं भने पनि चीनसंग सिधै युद्धमा जाने अवस्था अमेरिकाको छैन। पछिल्ला केहि दशक चीनले ताइवानलाइ आफ्नो शासनको छाता भित्र ल्याउन दरिलो पहल गरिरहेको छ र ताइवान वरपरको समुद्रमा सैन्य गतिबिधि बढाइरहेको छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907