डाक्टर भगवान कोइराला मंगलबार मे २४ मा डालसमा आउदै !

डाक्टर भगवान कोइराला यतिबेला अमेरिकाको बिशेष भ्रमणमा हुनुहुन्छ। नेपालमा औंलामा गनिने गतिला डाक्टरहरुमध्ये कोइराला पनि एकजना पर्नुहुन्छ। साधन र श्रोतको सिमितताका कारण नेपालमा कति काम गर्न सकिन्छ र कति सकिन्न भन्ने कुरा उहाँले राम्रोसंग बुझ्नु भएको छ। हरेक मान्छेले जति सकिन्छ आफ्नो तर्फबाट गर्नु पर्छ भन्ने डाक्टर कोइरालामा डाक्टरी ज्ञानसंगै मानवीय बिबेक समेत प्रचुर मात्रामा पाइन्छ। आफ्नो त्यहि सुकर्मलाई अघि बढाउन उहाँले अमेरिकाको यात्रा गरिरहनु भएको छ।

आफु सहयोग गर्न सक्ने हैसियतमा पुगे पछि आफुलाई धेरै दिएर उक्त स्थानसम्म पुराउने समाजको लागि पनि केहि “फिर्ता” गर्नु पर्छ भन्ने मान्यता अनुरुप उहाँले अहिले सात वटै प्रदेशहरुमा सुबिधासम्पन्न र सुलभ बाल अस्पताल बनाउने अभियानको नेतृत्व गरिरहनु भएको छ। उक्त कामको लागि KIOCH ( Kathmandu institute of child health ) को स्थापना गरि काम भैरहेको छ र सोहि संस्थालाइ सहयोग गर्न अमेरिकामा KIOCH Partners of America K -PALS Inc स्थापना गरी केहि स्वयंसेवकहरुले यसलाई अघि बढाइरहनु भएको छ।

५०१ (सी ३) अन्तर्गत दर्ता भएको यो KIOCH Partners of America K -PALS Inc ले अमेरिकामा रहेका संघ संस्था र व्यक्तिहरुसंग समन्वय गरी नेपालमा बाल अस्त्पाल निर्माण गर्ने KIOCH को अभियानमा आर्थिक सहयोग संकलनको साथै आबस्यक अन्य कामहरु गर्दै आएको छ।

अमेरिकामा रहेर त्यसको समन्वय गर्ने काम डाक्टर प्रकाश पौडेलको नेतृत्वमा बिस्व अर्याल, डिल्लीराम पौडेल, कुस्मा प्याकुरेल र राधेश पण्डित, रोशनलाल श्रेष्ठ, दिल्ली भुर्तेल, सोम गुरुङ, सन्तोष सापकोटा र खेम न्यौपानेले गरिरहनु भएको छ। यो बोर्डमा रहेका सबैले गर्ने काम र सहायोग सतप्रतिशत सेवा हो।

KIOCH को अस्पतालमा गरिब बच्चाहरुलाई सतप्रतिशत निशुल्क उपचार गरिने छ भने तिर्न सक्ने हैसियत भएकाहरुलाई समेत सरकारी अस्पतालमा जत्तिकै सस्तो र सुलभ स्वास्थ्य सेवा प्रदान गरिने छ। प्रबासबाट नेपाल जाने नेपाली बालबालिकाहरुलाई समेत निशुल्क र अवस्था अनुसार निम्नतम शुल्कमा उपचार यी अस्पतालहरुमा गरिनेछ। यसै क्रममा हृदयरोग बिशेसज्ञ डाक्टर भगवान कोइराला डालस समेत आउंदै हुनुहुन्छ। उहाँले अर्भिंग सिटीमा रहेको करी लिफ रेस्टुरेन्टमा डालस वरिपरिका नेपालीहरुसंग आफ्नो संस्थाको उद्देश्य र त्यसले गरिरहेको कामबारे जनानारी गराउंदै हुनुहुन्छ। प्रबासमा बसेर नेपालका बालबालिकाहरुलाई सेवा दिने संस्थामा केहि सहयोग गर्ने इच्छा भएका डालसबासि नेपालीहरुको लागि उहाँले अवसर प्रदान गर्दै हुनुहुन्छ। यो कार्यक्रम आउँदो मे २२ मंगलबार बेलुकी ७ बजेदेखि शुरु हुनेछ। यो कार्यक्रमको संयोजन डालसमै रहेको नेपाली समाज टेक्सासले गरिरहेको छ भने अमेरिकाको केन्द्रका राज्यहरुमा डाक्टर कोइरालाको अन्य कार्यक्रमहरुको संयोजन राधेश पण्डितले गरिरहनु भएको छ।

त्यसैले डालसबासी नेपालीहरुले उहाँका कुरा सुन्न र एक पुनित कर्ममा सहयोग गर्ने सदिच्छा भएमा उपस्थितिको लागि नेपाली समाज टेक्सास र स्वयं संस्थाका संयोजकहरुले अनुरोध गर्नु भएको छ। यति तपाईंहरुमा पनि त्यसको पुनित कर्म गर्ने अभिलाषा छ भने समय मै कार्यक्रम स्थलमा उपस्थित हुन सादर अनुरोध छ। हाम्रो दानले एकजना मात्र बच्चाको स्वास्थ्य सेवामा सहयोग गर्न सकियो भने पनि आफ्नो मातृभूमि माथिको ऋण केहि हदसम्म तिरेको महशुस गर्न सकिनेछ। अस्तु:।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907