तनावका कारण ढलेका नेपाल वायुसेवा निगमका एक कर्मचारीलाई कार्यकारी अध्यक्षले पिटेको हल्ला फैलाइएको छ ।
निगमका कर्मचारी देवराज ओझा आज दिउँसो एक्कासी कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकक्षमा ढलेपछि उहाँलाई उपचारका लागि नेपाल मोडल अस्पताल पु¥याइएको थियो ।
निगमका कार्यकारी अध्यक्ष अधिकारीले विरामी कर्मचारी ओझालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले नेपाल मोडल अस्पताल पुतलीसडक पु¥याएपनि निगमकै कर्मचारीले अध्यक्ष अधिकारीलाई कमजोर पार्न गलत हल्ला फिँजाएका हुन् ।
एक्कासी बेहोस भएर ढलेका कर्मचारी ओझालाई उपचारका लागि अस्पताल पु¥याएका अध्यक्षमाथि नै निगमका कर्मचारीले उल्टो कुटपिट गरेको आरोप लगाएर प्रहरी बोलाएको पाइएको छ ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारका एक प्रहरी अधिकृत भने,–‘हामीलाई अध्यक्षले कर्मचारी कुटे भनेर निगमकै कर्मचारीले फोन गरेर बोलाए, हामी विरामी भएको ठाउँमा पुग्यौँ, विरामीलाई के भएको भनेर सोध्यौँ, उहाँले आफूलाई कसैले कुटपिट नगरेको र आफू अध्यक्षज्यूको कोठामा जाँदा एक्कासी ढलेको बयान दिनुभयो ।’
विरामीलाई भेटेर हामी बाहिर निस्कँदा कर्मचारीले उल्टो हामीलाई एकतर्फी बयान लिएर हुँदैन, कर्मचारीको भनाई पनि प्रहरीले लिनुपरो भनेर हामीलाई दवाव दिने भाषा प्रयोग गर्दै हुनुहुन्थ्यो, हामीले विरामीसँग लिएको वयानमा अध्यक्षले कुटपिट गरेको देखिँदैन, कर्मचारीले विरामीलाई दवाव दिन खोजेको देखिन्छ, ती प्रहरी अधिकृतले भने । प्रहरीले कर्मचारीमाथि हातपात भएको कुनै आधार नदेखिएको बताएको छ ।
केही दिन पहिले पर्यटनमन्त्री प्रेमबहादुर आलेले अध्यक्ष अधिकारीमाथि स्पष्टिकरण सोधेको सूचना चुहाएको भन्दै कर्मचारी ओझालाई अध्यक्ष अधिकारीले कार्यकक्षमा बोलाएर साधारण सोधपुस गर्ने काम गरेपनि उक्त विषयलाई विभिन्न सञ्चार माध्याम र निगमभित्रकै कर्मचारी संघसंस्थाले यसलाई ठूलो ‘इस्यु’ बनाएको प्रष्ट देखिन्छ ।प्रतिक्रिया