नगेन्द्रराज शर्मा अभिनन्दन ग्रन्थको लोकार्पण तथा समर्पण सम्पन्न

काठमाडौँ, २४ असोज, आइतबार ।

वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा अभिनन्दन ग्रन्थको लोकार्पण शनिबार राजधानीमा सम्पन्न भएको छ । लोकार्पणपछि ग्रन्थका प्रधान सम्पादक पवन आलोक र कार्यकारी सम्पादक विधान आचार्यबाट शर्मालाई प्रज्ञाप्रतिष्ठान हलमा ग्रन्थ समर्पण गरिएको छ । नगेन्द्रराज शर्मा अभिनन्दन राष्ट्रिय अभिनन्दन मूल समारोह समिति २०७७ ले ग्रन्थ प्रकाशन गरेको हो ।

कार्यक्रममा स्वागत मन्तव्य दिनुहुँदै वरिष्ठ साहित्यकार तथा लघुकथा समाजका अध्यक्ष एवं अभिनन्दन मूल कार्यसमिति सदस्य श्रीओम श्रेष्ठ ‘रोदन’ले “साहित्यिक पत्रकारको सम्मानमा यसरी आयोजना गरिएको राष्ट्रिय अभिनन्दन र ‘अभिनन्दन ग्रन्थ’ प्रकाशनसमेत नेपालमा सम्भवतः पहिलो हो” भन्नुभयो ।

अभिनन्दन ग्रन्थका कार्यकारी सम्पादक नेपाल स्रष्टा समाजका अध्यक्ष तथा अभिनन्दन मूल कार्यसमिति सदस्य विधान आचार्यले अभिनन्दन ग्रन्थको प्रकाशनबारे विस्तृतरूपमा प्रकाश पार्नुभएको थियो । अभिनन्दन ग्रन्थ करिब साढे चार सय पृष्ठको छ र आठ पृष्ठको स्रष्टा अनुक्रमणिका (इन्डेक्सिङ) समेत समाविष्ट छ । प्राज्ञिक तथा अनुसन्धेय दृष्टिले यस्तो अनुक्रमणिका समाविष्ट ग्रन्थलाई ‘विशेष कृति’ मान्ने गरिन्छ । कुल नौ खण्डमा विभाजित ग्रन्थमा करिब एकसय स्रष्टाका रचना समेटिएका छन् ।

उक्त समारोहमा वरिष्ठ साहित्यिक पत्रकार तथा ‘रचना’ साहित्यिक द्वैमासिकका प्रधान–सम्पादक रोचक घिमिरे र वरिष्ठ साहित्यकार विनोद दीक्षितले नगेन्द्रराज शर्मासँग जोडिएका रमाइला संस्मरणहरू सुनाउनुभएको थियो । त्यसैगरी, वरिष्ठ समालोचक प्रा.डा. ज्ञानू पाण्डेले अभिनन्दन ग्रन्थबारे सङ्क्षिप्त समीक्षा गर्दै नगेन्द्रराज शर्माजस्ता राष्ट्रकै उदाहरणीय व्यक्तिहरूको अभिनन्दन कार्य साहित्यकारहरूका तर्फबाट हुनु निकै सराहनीय कार्य भएको र विशेष ‘अभिनन्दन ग्रन्थ’ नै प्रकाशित गरेर उहाँमा समर्पण गरिएकोमा खुसी व्यक्त गर्दै ग्रन्थ निकै महत्वपूर्ण र संग्रहणीय रहेको धारणासमेत राख्नुभयो ।

उक्त समारोहमा बोल्दै कार्यक्रमका मुख्य आकर्षण नगेन्द्रराज शर्माले भन्नुभयो, ‘म यति ठूलो सम्मान पाउन योग्य नभए पनि साहित्यकार मित्रहरूले मप्रति देखाउनुभएको यो सद्भावप्रति म हृदयतः कृतज्ञ छु र अभिनन्दन समितिलाई असीम धन्यवाद दिन्छु ।’

सभापतिको आसनबाट बोल्दै अभिनन्दन मूल समितिका अध्यक्ष वरिष्ठ साहित्यकार पवन आलोकले नगेन्द्रराज शर्माजस्तो शिखर व्यक्तित्वको सम्मान÷अभिनन्दन गर्न पाउनु हामी सबैका लागि खुसी र गर्वको कुरा भएको बताउनुभयो । साथै उहाँले अभिनन्दन कार्यक्रम सफल पार्नमा भूमिका खेल्ने कार्यसमितिका पदाधिकारीहरू, मूल समितिका सम्पूर्ण सदस्यहरू, ग्रन्थका लागि आफ्ना रचना उपलब्ध गराउने सम्पूर्ण स्रष्टाहरू, अभिनन्दनका लागि आर्थिक र अन्य स्रोत उपलब्ध गराउने संस्था तथा व्यक्तिहरू एवं ग्रन्थ सम्पादन मण्डलमा रही प्रशंसनीय कार्य गर्ने कार्यकारी सम्पादक विधान आचार्य र सम्पादकहरू गोविन्द गिरी प्रेरणा, देविका तिमिल्सिना, श्रीओम श्रेष्ठ ‘रोदन’ र रोशन थापा ‘नीरव’लाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयोे ।

स्मरणीय छ, श्री शर्मालाई गत २०७७ चैत २२ गते उहाँको ८४औँ जन्मदिवसका अवसरमा काठमाडौँमा भव्य राष्ट्रिय अभिनन्दन गरिएको थियो । “देशका विभिन्न स्थानबाट करिब चार दर्जन साहित्यिक संस्था र करिब ५०० व्यक्तिको स्वस्फूर्त सहभागिता रहेको राष्ट्रिय अभिनन्दन कार्यक्रम आफैंमा एक ऐतिहासिक कार्यक्रम थियो”, मूल समिति सदस्य चेतनाथ कणेल ‘हरित’को भनाइ छ ।

युवा साहित्यकार तथा समालोचक रञ्जना निरौलाद्वारा सञ्चालित उक्त कार्यक्रममा नेपाली साहित्यका मुर्धन्य व्यक्ति, व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907