फोर्ट वर्थ टेक्सासमा बच्चाहरुको समर कक्षा समापन

फोर्ट वर्थ, टेक्सास। फोर्ट वर्थ निबासी छबिलाल हुमागाईंले संचालन गरेको समर स्कूलको समापन समारोह सम्पन्न भएको छ। समाजसेवी हुमागाईंले आफ्नै घरमा संचालन गरेको उक्त समर कक्षामा २० जना बालबालिकाहरु संलग्न थिए। आफ्नै घरको वरिपरि रहेका छिमेकीहरूका बालबच्चाहरु जम्मा पारेर उनीहरुलाई नेपाली भाषा, संस्कृति र संस्कार सम्बन्धि कक्षा हुमागाईंले संचालन गर्दै आएका थिए।
समापन कार्यक्रम पनि हुमागाईं बन्धु कै घरमा संचालन भएको थियो। उक्त अबसरमा बालबालिकाका अभिभावकहरुको साथै डालस क्षेत्रमा नेपाली भाषा र संस्कृतिको प्रबर्धनमा अहोरात्र खटिरहनु भएका समाजसेवी डाक्टर मुरली अधिकारी, एनआरएन अमेरिकाका पुर्ब बरिष्ठ उपाध्यक्ष डाक्टर अर्जुन बन्जाडे, गुरु तुंगनाथ उपाध्याय, समाजसेवी सुदिप अधिकारी र रामकुमार सुबेदी लगायतको उपस्थिति रहेको थियो।


कार्यक्रममा बोल्दै डाक्टर मुरली अधिकारीले भाषा, संस्कार र संस्कृति बिहिन समाज आर्थिक रुपमा जतिसुकै सम्बृद्ध भए पनि प्राण बिनाको शरीर जस्तै हुने कुरा उल्लेख गर्दै बेलैमा आफ्ना बालबालिकाहरुलाई हाम्रो भाषा र संस्कारको ज्ञान दिन सकिएन भने पछुताउनु पर्ने भएकोले आफु यस काममा निरन्तर लागिपरेको कुरा व्यक्त गर्नु भएको थियो। गुरु तुंगनाथ उपाध्याय, रामकुमार सुबेदी, सुदिप अधिकारी एबम अभिभावक हरुको तर्फबाट कृष्ण अर्याल, राम पाठक,राधा अधिकारी र तुलसी न्यौपानेले आफ्ना बिचारहरु व्यक्त गर्नु भएको थियो।
अभिभावक राजेश अधिकारीको अध्यक्षतामा संचालन भएको उक्त समारोहमा बालबच्चाहरुले सरस्वति बन्दना एबम संस्कृत भाषामा श्लोक बाचन गरेर सुनाएका थिए भने मनिका हुमागाईंले मुरली बजाएर नेपाली र अमेरिकी राष्ट्रिय गान प्रस्तुत गरेकी थिइन्।
कार्यक्रममा २ महिने समर कक्षामा सहभागी बिद्यार्थीहरुलाई पदक एबम उत्कृस्ट बाबुनानिहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो। पुरस्कारको प्रायोजन मधुर खरेल र राजेश अधिकारीले गर्नु भएको थियो। पदक तथा पुरस्कार उपस्थित अतिथिहरुको बाहुलीबाट प्रदान गरिएको थियो।
गायक तुंगनाथ उपाध्यायको गणेश भजनबाट सुभारम्भ गरिएको उक्त समारोह अभिभावकहरुले आफै तयार गरेका खानेकुराहरु खाँदै फोटो खिच्दै सम्पन्न भएको थियो।

यो समर कक्षामा छबि हुमागाईं शिक्षकको रुपमा भूमिका निभाउनु भएको थियो भने कृष्ण अर्याल, आशिष उप्रेती, राम पाठक, तुलसी न्यौपाने, बिष्णु आचार्य, दिपित धिमाल, पम्फा गिरी चौहानले कक्षा सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो।

समर कक्षामा भाग लिई पदक तथा पुरस्कार पाउने बाबु नानीहरुको नामावली यसप्रकार छ।
१, जेसिका अधिकारी २, मानस हुमागाईं ३, कृति अर्याल ४, इरा खरेल ५, कृष्ण उप्रेती
६, ओजस्वी पाठक ७, प्रकृति अर्याल ८, जस्मिन अधिकारी ९, शिवानी न्यौपाने १०, मल्लिका हुमागाईं
११, प्रेशा चौहान १२, अनुषा धिमाल १३, श्रेया न्यौपाने १४, राज अधिकारी १५, क्रिशल उप्रेती
१६, प्रसिला भट्टराई १७, नन्दिता सन्यासी १८, आयुस्मान भट्टराई १९, रायन आचार्य २०, आयशा आचार्य


अन्त्यमा केहि कुरा:
अमेरिकाको नेपाली समाजमा यस्तै काम गर्ने नाममा धेरैको राजनीति चलेको छ। नामको लागि देखावटी काम गर्ने धेरै व्यक्ति र संस्थाहरु अमेरिकामा बग्रेल्ती भेटिन्छन। तर जुन उद्देस्य लिएर ती संस्थाहरु खुल्छन ती संस्थाहरु त्यसमा संलग्न हुनेहरुकै महत्वाकान्क्षा र स्वार्थको कारण उद्देस्य अनुरुप काम गर्न सक्दैनन्। “खोदा पहाड निकला चुहा” भने जस्तै ठुलो तामझाम र नौटंकी प्रदर्शन गरे पनि काम भने निकै कम भएको देखिन्छ।
ठुलो नेपाली समुदाय मुलधारका नेपाली संस्थाहरु भन्दा बाहिर छ। कथित ठुलो संस्थाका ठेकेदारहरु आफ्नै डम्फु बजाउंदै दन्तबझान गरिरहेको अहिलेको अबस्थामा निकै स्थानीय तहमा गरिने यस्ता सहि रुपमा काम गर्ने गतिविधिहरुले ठुलो महत्व राख्दछ। आफ्नै पहलमा, आफ्नै खर्चमा, आफ्नै घरमा गरिने यस्ता सुकर्महरु जति धेरै भयो त्यति नै हाम्रो प्रबासी नेपाली समाज उन्नत, सभ्य र सक्रिय हुन सक्छ। मै हुँ भन्ने संस्थाहरुमा देखिएको ब्यक्तिबादी प्रवृति र भांडभैलोको बीच अरु धेरै छबि हुमागाईंहरु समाजमा अगाडी आउने हो भने पक्कै पनि हामीले अमेरिकामा गर्बले नेपाली भएर बाच्न बाताबरण निर्माण हुने कुरामा आशाबादी हुन सकिन्छ।

समाचार एबम विश्लेषण : लेखनाथ गौतम

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907