एनआरएन अमेरिकाको निर्बाचन: कस्ता मान्छे को तिर ?

एनआरएन अमेरिकाको चुनाव नजिकै आइपुगेको छ। प्रचार अबधिको समाप्तिको अन्त्यमा उम्मेदवारहरु आइपुगेका छन्। सामाजिक संजालमा आफुलाई मत दिन सबैले आग्रह गरेका छन्। जुम मिटिंगहरु पनि सम्पन्न भएका छन् भने कतिपय हुँदैछन्। मतदाता अर्थात् एनआरएन अमेरिकाका सदस्यहरु मतदान गर्ने दिन कुर्दैछन्। नेपाली समुदायमा यो निर्बाचन निकै चर्चाको बिषय बनेको छ।
यसै बीच कसले जित्ला त अध्यक्ष पदमा भन्ने कौतुहलता धेरैमा रहनु स्वाभाविक हो। सुर्य लम्साल उम्मेदवार हुनबाट बन्चित भए पछि यतिबेला ४ जना उम्मेदवारहरु मैदानमा छन् अर्जुन बन्जाडे, बुद्धि सुबेदी, कृष्ण लामिछाने र तिलक केसी। टेक्सासबाट दुइ जना छन् भने विस्कनसिनबाट दुइजना।
कसले जित्ला त भन्ने कौतुहलता बीच ४ जना मध्ये कसले कसलाई भोट दिनुहुन्छ भनेर युएसएण्डनेपाल डट कमको तर्फबाट मैले(लेखनाथ गौतम) सर्भे गरेको थिएँ। जसको प्रतिशतमा रिजल्ट प्रकाशित गर्न मलाई असजिलो भयो। कारण के भने मेरो सर्भेमा संलग्न हुने व्यक्तिहरुको चयन सर्भेको सहि रिजल्ट वा परिणामको निकट आउने अवस्था थिएन। मेसेन्जरमा अनलाइन भएका र अमेरिकाभरिका एनआरएनमा सक्रिय रुपमा लागेकाहरुलाइ मैले यो प्रश्न सोधेको थिएँ। त्यसैले यसको यति प्रतिशत ल्यायो भनेर भन्नु सहि हुँदैन भन्ने मेरो मान्यता छ। त्यसैले प्रतिशत भन्दा पनि कस्ता मान्छेहरु को तिर छन् भन्ने ब्याख्या गर्न चाहन्छु।

केहि महिना अघि मैले वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष डाक्टर अर्जुन बन्जाडेलाइ “कम्प्युटरमा कति भोट छ ?” भनेर प्रश्न गरेको थिएँ। अर्थात् कुनै व्यक्ति वा समुहको कब्जामा कति भोट छ भन्ने प्रश्नमा उहाँले हुँदै नभएको भन्न नसके पनि धेरै छैन भनेर जवाफ दिनु भएको थियो। यत्तिको पढेलेखेको र बुझेको मान्छेले भनेको कुरालाई आधार हामीले पक्कै मान्नु पर्छ। त्यसैले अहिलेको निर्बाचनमा निर्णायक भोट कम्प्युटर, हार्ड ड्राइभ वा पेन ड्राइभमा छैन। यद्यपि पेन ड्राइभ वालाहरु हारियो भने फेरी अदालत जाने तयारी गर्दै गरेको हल्ला चल्दै गर्दा अन्त्यमा पेन ड्राइभ नै निर्णायक हुने खतरा त अझै छंदैछ। कसले जित्छ भन्ने कुरा धेरै कुरामा भर पर्ने भए पनि उम्मेदवारहरुलाई नेपाली समाजका कस्ता प्रवृतिहरुले समर्थन गर्दैछन भन्ने कुरा भने आंकलन गर्न सकिन्छ। मैले गरेको सर्भे कै आधारमा यो सामग्री तयार गरेको छु।

डाक्टर अर्जुन बन्जाडे
अघिल्लो चुनावमा अध्यक्ष पदमा उठेर पछि “सम्झौता” गर्दै बरिष्ठ उपाध्यक्षमा चुनाव लडेर चुनाव जितेका व्यक्ति हुन् बन्जाडे। ट्यारेण्ट काउन्टी कलेजको एक विभागका डाइरेक्टर बन्जाडे नेपाली जनसम्पर्क समितिमा आबद्ध थिए भने एनआरएन अमेरिकाकै बोर्ड अफ डाइरेक्टरमा सबभन्दा बढी मत ल्याएर बिजयी भएका थिए।
डाक्टर बन्जाडेलाई जनसम्पर्क समिति अमेरिकाका केहि व्यक्तिहरुले समर्थन गरेका छन् भने बिशेषत: उनको समर्थनमा बौद्धिक समूह लागेको देखिन्छ। समाजमा बढी आदर्शबादी व्यक्तिहरु उनलाई समर्थन गर्ने देखिए। गुट मन नपराउने, पदको चाहना नभएका, लो प्रोफाइलमा रहेर काम गर्न रुचाउने व्यक्तिहरुले बन्जाडेलाई भोट हाल्ने बताए। कतिपय जसले बन्जाडेलाइ भोट हाल्छु भनिरहेका थिए, उनीहरुले नै “जित्न त बुढाले जित्दैनन” पनि भन्दै थिए। यो समूह संस्थामा परिबर्तन होस् भन्ने तर नयाँ व्यक्तिमाथि रिस्क उठाउन नसक्ने मनस्थितिमा देखियो।
राजनीति र अहिलेका संस्थाहरुमा देखिएको “घिनलाग्दो अस्वस्थ प्रतिष्पर्धा” बाट वाक्क दिक्क जमात बढिरहेको अबस्थामा बिना रिस्क परिबर्तन बन्जाडेले गर्न सक्छन भन्ने बिस्वास कतिपयमा देखियो। “पेन ड्राइभ” मा निर्णायक भोट नभएको अबस्थामा डाक्टर बन्जाडे बिजयी बने भने आस्चर्य नमाने हुन्छ।

बुद्धि सुबेदी
विस्कनसिनमा ब्यापार गरेर सफलता हाँसिल गरेका बुद्धि सुबेदी अहिलेको कार्यसमितिमा उपाध्यक्ष छन्। दुइ छोराहरु पढाइ सकेर आफ्नो काममा लागिसकेका र आफु पनि दैनिक “घण्टा हान्न” नपर्ने गरि ब्यबसायबाट अलग रहेकोले चाहे भने एनआरएनलाई पुरै समय दिनसक्ने हैसियतमा देखिन्छन। अमेरिका ठुलो देश भएकोले राज्य राज्य घुम्दा हुने खर्च जुटाउन पनि राम्रै आर्थिक हैसियत भएको मान्छे चाहिन्छ भन्ने तर्क गर्नेहरु पनि समाजमा प्रशस्तै छन्।
बुद्धि सुबेदीलाई मतदान गर्ने कुरा व्यक्त गरेका धेरै जसो बिदेशमा बसेर समाजसेवा गर्न फुर्सद र पैसा चाहिन्छ भन्नेहरु धेरै देखिए। अमेरिकामा ब्यबसाय गरेर बसेका र धन कमाउन सफल व्यक्तिहरु मध्ये धेरैले बुद्धि सुबेदीको पक्षमा मतदान गर्ने धारणा व्यक्त गरे। त्यस्तै उनि चितवन निवासी भएकोले र अमेरिकामा चितवन जिल्लाका बासिन्दाको संख्या उल्लेख्य रहेकोले चितवनबासीको नाताले पनि कतिपयले बुद्दि सुबेदीलाई मतदान गर्ने कुरा व्यक्त गरे। च्याप्टर देखि काम गरेको हुनाले उनले एनआरएन राम्रो बुझेका छन् र आगामी दिनमा काम गर्न सक्छन भन्नेहरु पनि बुद्धि सुबेदीको लाइनमा मतदान गर्ने देखियो।


तिलक केसी


वर्तमान कार्यसमितिमा बोर्ड अफ डाइरेक्टर रहेका तिलक केसी विस्कनसिन निवासी हुन्। नेपाल देखि नै समाजसेवामा संलग्न केसी अमेरिकामा आए पछि पनि सक्रिय छन्। स्पस्ट र खरो बोलिका कारण उनी चर्चित छन्। केहि दिन अघि डालसमा भएको नेजाको बहस कार्यक्रममा उनको सटिक उत्तरले धेरैको ध्यान खिच्न सफल भएको थियो। एनआरएन अमेरिकालाई सिन्डिकेट मुक्त गर्ने अभियानमा लागेको दावी गर्ने केसी यहि जोशिलो समुहका “डियर” उम्मेदवार हुन्।
अमेरिकामा कम्निस्टको नाममा राजनीति गर्न नपाइने भए पनि नेपालमा कम्निस्ट पार्टीको निकट रहेकाहरुले तिलक केसीको समर्थन गर्दै मतदान गर्ने बताए। उनको बक्त्रित्वकलाको कारण पनि युबापंक्ति उनीप्रति सहानुभूति राख्न थालेको छ। बिग्रिदै गएको एनआरएनको साख टालटुल गरेर जोगिन्न भन्ने बिद्रोही समूह केसीको उम्मेद्वारीबाट उत्साहित देखिन्छ।

कृष्ण लामिछाने
नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष कृष्ण लामिछाने टेक्सास र अमेरिकामा पनि नौलो नाम होइन। जनसम्पर्क समितिको स्थापना कालदेखि नेपाली कांग्रेसको प्रबाशी राजनीतिमा सक्रिय रहेका लामिछाने नेपाली समाज टेक्सासको अध्यक्ष हुँदा निकै राम्रो काम गरेर चर्चित रहे। “मर्दा र पर्दा” को एनआरएन बनाउने प्रतिबद्धता साथ आएका लामिछानेलाई जनसम्पर्क समिति अमेरिकाको ठुलै समूहको समर्थन देखिन्छ।
समाजसेवाको क्षेत्रमा सम्पूर्ण परिवार लागेको उदाहरण दिंदा कृष्ण लामिछानेको नाम लिइन्छ। त्यसैले पनि कृष्ण लामिछानेको मतदाताहरु समाजसेवी लाइनमा बढी देखिन्छन। कुराले केहि हुन्न काम गर्नु पर्छ भन्ने लामिछानेले मिठो बोलीको कारणले पनि उनलाई मतदान गर्न लागेको बताएका छन्। त्यस्तै लामो समय सामाजिक क्षेत्रमा सक्रिय भएकोले संघ संस्थामा रहेर सेवा गरिरहेका र गरिसकेर बाहिर रहेको समूह पनि लामिछानेलाई मतदान गर्ने जानकारी दिएका छन्।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907