फोर्ट वर्थ सिटिकि उम्मेदवार डेबोरा पिपल्ससंग नेपालीहरुको अन्तरक्रिया

डालस, टेक्सास। डालस नजिकै रहेको सिटि फोर्ट वर्थको आगामी निर्बाचनकि उम्मेदवार डेबोरा पिपल्सको सहयोगमा फोर्ट वर्थ निवासी नेपालीहरुले एक कार्यक्रमको आयोजना गरेका छन्। स्थानिय नेपाली चुलो रेस्टुरेन्टमा भएको उक्त कार्यक्रममा डेमोक्र्याटिक पार्टीको तर्फबाट फोर्ट वर्थ सिटिको मेयरको उम्मेदवार बनेकी डेबोरा पिपल्सलाइ नेपाली समुदायमा स्वागत गरिएको थियो। उक्त कार्यक्रमको संयोजन बेदराज बस्नेत, सुदिप अधिकारी र कपिल अधिकारी(बेंकर) ले गर्नु भएको थियो।


कार्यक्रममा बोल्दै उम्मेदवार डेब्राले फोर्ट वर्थमा नेपाली समुदाय ठुलो रहेको र नेपालीहरुले स्वागत एबम समर्थन गरेकोमा खुसि ब्यक्त गर्दै नेपाली समुदायलाई आइपर्दा सहयोग गर्न तत्पर रहेको विचार व्यक्त गर्नु भएको थियो। कार्यक्रममा करिव ४० जनाको उपस्थिति हुनुको साथै करिव दुइ हजार डलर रकम समेत संकलन भएको थियो।
कार्यक्रममा समाजसेवी हेदर बुइन, नेपाली समाज टेक्सासका अध्यक्ष दिनेश शर्मा, समाजसेवी प्रभात दिक्षित, समाजसेवी भरत अर्याल, एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष अर्जुन बन्जाडे एबम दिनेश उप्रेती लगायतको उपस्थिति रहेको थियो।
अमेरिकामा नेपालीहरुको संख्या बढ्दै गएको सन्दर्भमा नेपालीहरुले राजनीतिमा पनि चासो दिन थालेको यो अर्को उदाहरण हो। नीति निर्माणको तहमा संलग्न नभई अमेरिकामा प्राप्त हुने सुबिधा एबम अधिकारहरु प्राप्त गर्न असजिलो हुने स्पस्ट हुँदै आएको सन्दर्भमा यस्ता कार्यक्रमहरुले नेपालीहरुलाई पनि अमेरिकाको राजनीतिको मुलधारमा प्रवेश गर्न सहज बाताबरण बनाउने देखिन्छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907