गुञ्जिए नारायणी गण्डकीका स्वरहरू

काठमाडौँ, जेठ ८ गते । लकडाउनका अवसरमा घरै बसेका कविहरूका बीचमा आपसी चिनारी र रचनापाठसमेत गर्ने हेतुले हिजो साँझ नेपाल स्रष्टा समाजबाट नारायणी गण्डकीका स्वरहरू शीर्षकमा एक अनलाइन साहित्यिक गोष्ठीको आयोजना गरियो ।

साँझ ८.०० बजेदेखि कम्प्युटर वा मोबाइलबाट अनलाइन (video conferencing) विधिमा सञ्चालित कार्यक्रममा चितवन नवलपुर क्षेत्रका साहित्यकारहरू ऋषिप्रसाद लामिछाने, किसान प्रेमी, खुमनारायण पौड्याल, गिरिराज डल्लाकोटी, जीवा लामिछाने, धनराज गिरी, बालकृष्ण थपलिया, रचना शर्मा, रमेश प्रभात, लक्ष्मणप्रसाद गौतम, लीला दहाल, सुमन घिमिरे, सुरेन्द्र अस्तफल, हरिहर खनाल, तथा समाजका पुष्पा खनाल, नवराज पुडासैनी ज्योत्स्ना र पत्रकार राजेश खनाल आदिको सहभागिता रहेको थियो ।

कार्यक्रममा कविता, गजल, गीत, लघुकथा वाचन, गायनका साथै चितवनले नेपाली साहित्यिक र लोकतान्त्रिक आन्दोलनमा खेलेका भूमिकाको चर्चा गरिएको थियो ।

सो कार्यक्रमका आरम्भमा समाजका अध्यक्ष विधान आचार्यले रामायणका दुई श्लोक वाचन गरे । सञ्चालन अनौपचारिक तरिकाले गरियो । सबै सर्जकहरूले आफ्नो सङ्क्षिप्त परिचयसहित रचना वाचन गरे । अन्तमा वाचित रचनामाथि समालोचक प्रा. डा. लक्ष्मणप्रसाद गौतमबाट समीक्षा गरियो भने समाजका महासचिव पुष्पा खनालले सहभागीलाई धन्यवाद प्रदान गरिन् । कार्यक्रम लगभग दुईघण्टा चलेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907