थानेश्वर गौतम र लाली बुढाथोकीले ल्याए अर्को धमाका : धानको सुली मकैको चुली
मिठो स्वरका धनि थानेश्वर गौतमले अर्को सुन्दर प्रस्तुति बजारमा ल्याएका छन् । “धानको चुली मकैको सुली लाइदेउ मायाँ नबोली नबोली” शिर्षकको यो गीतमा पनि बिगतमा जस्तै ग्रामिण भेगमा प्रचलित शब्दहरुको प्रयोग गरेका छन् । यसपटक उनले म्युजिक भिडियोमा चर्चित सिने कलाकारहरु केकी अधिकारी र पुष्प खड्कालाई ल्याएका छन् । गीतका शब्द अत्यन्त मार्मिक र जनाजिव्रोमा सजिलै घुल्ने खालका छन् । थानेश्वर गौतमलाई स्वरमा साथ लाली बुढाथोकीले दिएकि छिन ।
यो गीतको शब्दहरु प्रभा बर्तौलाका छन् भने संगीत थानेश्वर गौतम आफैले गरेका छन् । म्युजिक भिडिओको कोरियोग्राफी प्रकाश भट्टले गरेका छन् । यो गीत अहिले चलेका लोकप्रिय लोकगीतहरुको दाँजोमा निकै उत्कृस्ट छ । यति राम्रो गीतको लागि गायक थानेश्वर गौतमलाई धन्यवाद तथा सफलताको शुभकामना ।