थानेश्वर गौतमले फेरी ल्याए हँसाउने र नचाउने गीत
काठमाडौँ, नेपाल । सुनौं सुनौं र नाचौं नाचौं लाग्ने गजल गाउने गायक थानेश्वर गौतमले फेरी अर्को रमाइलो गीत गाएका छन् । ‘खान्न भाउजु मस्यौरा, सिन्की पकाइदेउ” शिर्षक राखिएको यो गीत मनोरन्जनले भरिपूर्ण छ । यस गीतमा थानेश्वर आफुले पनि अभिनय गरेका छन् भने किशोर भण्डारी, कुमार न्यौपाने, रेश्मा तिमिल्सिना, गरिमा तिमिल्सिना र राधाकृष्ण सापकोटाको समेत जिवन्त अभिनय देख्न सकिन्छ ।
ग्रामिण जनाजिव्रोमा प्रचलित शब्दहरुलाई टपक्क टिपेर संगीतमा उतार्न माहिर मानिने गायक गौतम यो गीतमा पनि थुप्रै स्थानीय ग्रामिण जीवनमा प्रयोग हुने शब्दहरु पेश गरेका छन् । दाइकी सालीलाई अत्यन्त मन पराएको कथामा आधारित रहेर बनाइएको यो गीतमा अत्यन्त मौलिक नाच, गाउँका घरमा हुने चुलोको समेत सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । मेशिन निर्मित बस्तुहरुको ब्यापक प्रयोग गर्ने गरेको यो सन्दर्भमा गुन्द्रीको प्रशंग ल्याएर हाम्रो बिगतलाई फेरी ताजा बनाइदिएका छन् । दुर्गा पौडेलको शव्द र हरि केसीको परिकल्पनामा रहेको यो गीतको भिडियोको निर्देशन किशोर भण्डारी “डिट्ठा साब” ले गरेका छन् ।