रास्ट्रपति ट्रंपले सत्ताको दुरुपयोग गरेको डेमोक्र्याटहरुको निस्कर्ष

वाशिंगटन डिसी, अमेरिका । बिगत २ महिना भन्दा बढी देखि शुरु भएको रास्ट्रपति ट्रंप बिरुद्धको महाअभियोग छानबिन तेश्रो चरणमा प्रवेश गरेको छ । हाउस इन्टेलिजेन्स कमिटिले आफ्नो रिपोर्ट सार्बजनिक गर्दै रास्ट्रपति ट्रंपले आफ्नो पदको दुरुपयोग गरेको औपचारिक आरोप लगाउंदै जुडिसिएरी कमिटिमा पठाएको छ । ३०० पेज लामो उक्त प्रतिबेदनमा बिगत दुइ महिना देखिका गोप्य सुनुवाई, सार्बजनिक सुनुवाई लगायत प्राप्त प्रमाणहरुको सुक्ष्म मुल्यांकन गर्दै उक्त निष्कर्ष सहित जुडिसिएरी कमिटीमा पठाइने भएको छ ।


अब जुडिसिएरी कमिटीले औपचारिक रुपमा महाअभियोगको प्रस्ताव तल्लो सदनको पूर्ण सभामा प्रस्तुत गर्नेछ । ३०० पेज लामो उक्त प्रतिबेदनले जुलाई २५ २०१९ मा ट्रंप र युक्रेनी रास्ट्रपति जेलेंस्की बिचको बार्तालाइ पदिय दुरुपयोगको प्रमुख आधार मानेको छ भने बिभिन्न व्यक्तिहरुको सार्बजनिक सुनुवाई एबम अन्य श्रोतहरुबाट प्राप्त सुचानाहरुले त्यसको पुस्टि गरेको निष्कर्ष निकालिएको छ । ट्रंपको उक्त फोन कलमा युक्रेनी रास्ट्रपतिलाइ “तर मलाई सहयोग गर्नुस” भन्दै त्यसपछि २०२० को निर्बाचनमा आफ्नो प्रतिद्वन्दी हुने सम्भावना भएका डेमोक्र्याटिक रास्ट्रपतिय उम्मेदवार जो बाइडेन र उनका पुत्रले काम गरेका बुरिस्मा नामक इनर्जी कम्पनीमाथि छानबिन गर्न अनुरोध गरेका थिए । उनले उक्त कल गर्नु अघि कांग्रेसले युक्रेनलाइ दिन छुट्टाएको करिव ४०० मिलियन डलर रकम स्थगित गरेका थिए । उनका व्यक्तिगत कानुनी परामर्शदाता रुडी जुलियानीलाइ यो कामको लागि ट्रंपले खटाएका थिए । यो सबै कुरा सार्बजनिक व्हिस्टलब्लोवरले फाइल गरेको गुनासको छानबिन गर्ने क्रममा पत्ता लागेको हो ।
अब जुडिसिएरी कमिटिले आफ्नै तरिकाले सुनवाई गर्दै डिसेम्बर २५ भित्रै काम सक्नेछ भने क्रिश्मस अघि नै रास्ट्रपति ट्रंपमाथि महाअभियोग लगाउन आबस्यक प्रक्रिया सम्पन्न गर्ने तालिका सार्बजनिक गरिसकेको छ । परिस्थिति हेर्दा ट्रंपमाथि महाअभियोग लाग्ने निश्चित प्राय देखिन्छ भने इतिहासमा महाअभियोग लाग्ने चौथो रास्ट्रपतिमा समेत उनको नाम दर्ज हुनेछ ।

intelligence committee report

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907