राजदुत गोर्डन सुनुवाई : ट्रंप र रिपब्लिकन पार्टीको लागि घातक

वाशिंटन डिसी । रास्ट्रपति ट्रंप माथि महाभियोग लगाउने वा नलगाउने निर्क्यौल गर्न जारी सुनुवाईहरु चलिरहेका छन् । आज मात्र तत्कालिन इयु राजदुत गोर्डन सोन्डल्याण्डले आफ्नो कुरा व्यक्त गरेका छन् । यस अघि पनि उनले कांग्रेसका सदस्यहरुसंग बन्द सेसनमा आफ्ना धारणा राखिसकेका थिए । उनले सार्बजनिक सुनुवाईमा डोनाल्ड ट्रंपको युक्रेन नीति र त्यसमा ट्रंपको के चासो थियो भन्ने स्पस्ट गरेका छन् । झन्डै ४ सय मिलियन डलरको सहयोग रोक्कामा रास्ट्रपतिका सम्भावित प्रतिद्वन्दी जो बाइडेन र उनका छोरा हन्टर बाइडेन संलग्न बुरिस्मा नामक उर्जा कम्पनी माथि अनुसन्धान जोडिएको थियो भन्ने छर्लंग पारेका छन् ।


बिगत केहि हप्ता देखि क्यापिटल हिलमा रास्ट्रपति ट्रंपको रिपब्लिकन पार्टी र डेमोक्र्याटिक पार्टीबीच बिभिन्न खाले अड्कलबाजी भैरहेका थिए । रिपब्लिकनहरु क्विड प्रो को अर्थात् “यसको लागि त्यो” नभएकोले रास्ट्रपति दोषी नभएको तर्क गर्दै आइरहेका थिए । उनीहरुले बाहिरबाट सुनेका व्यक्तिहरुका कुराका आधारमा बास्तविक कुरा थाहा नपाइने उनीहरुको भनाइ थियो । तर रास्ट्रपतिसंग प्रत्यक्ष सम्पर्कमा रहेका र युरोप र युक्रेनको मामिला हेर्न खटाइएका गोर्डन सन्डल्याण्डको सुनुवाईबाट उनीहरुको उक्त तर्क कम्जोर भएको छ । युक्रेनी रास्ट्रपतिले चाहेको ट्रंपसंगको व्हाइट हाउसको मिटिंग र युक्रेनलाइ अत्याबस्यक सहयोगमा बुरिस्माको अनुसन्धानको सार्बजनिक घोषणा शर्तको रुपमा राखिएको उनले स्पस्ट पारेका छन् ।
गोर्डनले रास्ट्रपति ट्रंपको आदेशमा उनका वकिल रुडी जुलियानीसंग मिलेर काम गरेको र आफुले त्यो नरुचाएको स्पस्ट पारेका छन् । जुनसुकै तरिकाले भए पनि युक्रेनलाइ अत्याबस्यक रहेको सहयोग उपलब्ध गराउन आफुहरुले प्रयास गरेको उनले स्पट पारेका छन् भने यसमा माइक पम्पेओ, रिक् परी र माइक पेन्स समेत जानकार रहेको स्पस्ट पारेका छन् । रास्ट्रपतिको चासो युक्रेनको भ्रस्टाचार भन्दा पनि बुरिस्मा र २०१६ को चुनाव सम्बन्धि अनुसन्धानमा रहेको उनले स्पस्ट गरेका छन् ।


अत्यधिक राजनीतिकरण भएको यो मुद्धामा रिपब्लिकनहरु जुनसुकै मुल्यमा पनि ट्रंपलाइ बचाउन लागेका देखिन्छन । उनीहरुले प्रक्रियाको बिरोध देखि यो गल्ति महाअभियोग लगाउन सकिने खालको नभएको भन्ने सम्म आइपुगेका छन् भने डेमोक्र्याटहरु कांग्रेसका हरेक कदममा तगारो खडा गर्ने रास्ट्रपति ट्रंपलाइ पाठ सिकाएरै छोड्ने मनस्थितिमा देखिन्छन । यो समग्र प्रक्रियाले अमेरिकी जनताका दैनिक समस्याहरुमा भने खासै सहयोग नपुग्ने देखिन्छ । दुइ वटा पार्टीहरुको साँढे जुधाईमा जनता बाच्छा झैं मिचिने स्पस्ट छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907