दशैंको पुर्बसंध्यामा डालसमा दशैं मेला
बडादशैं नजिकिंदै गर्दा नेपाली समाज टेक्सास र इन्द्रेणी सांस्कृतिक संघले डालस नजिकै रहेको ग्रेपभाइन तालको छेउमा दशैं मेला आयोजना गर्यो । मेलामा डालस वरपरका थुप्रै नेपालीहरुले सहभागिता जनाए । तालको किनारमा चलेको शितल हावाको आनन्द लिंदै सहभागीहरुले रमाइलो गरे । करिव १२ देखि अविच्छिन्न रुपमा कार्यक्रम चल्यो । एकअर्कामा सुभकामना आदान प्रदान र भेटघाटको रुपमा यो अवसर अत्यन्त फलदायी रह्यो ।
दशैं मेला नाम दिइएको यो अबसरमा गीत, संगीत, नृत्यहरु प्रस्तुत गरिनुको साथै नेपाली खानाका स्टलहरु, कपडा र गरगहनाका स्टलहरु राखिएका थिए । सांगीतिक कार्यक्रमको प्रमुख आकर्षण लोक गायक कृष्ण देवकोटा र संगीता थापा मगर थिए भने डालसबासि स्थानीय कलाकारहरुले पनि आफ्नो कलाहरु प्रस्तुत गरेका थिए । महानायक राजेश हमाल र करिश्मा मानन्धरको भर्खरै निस्केको भिडियोमा स्वर दिएका स्थानिय गायक भीम चापागाईंका साथै डालसमा पन्चे बाजा संरक्षण गर्ने उद्देस्यले त्यसको नेतृत्व गरिरहनु भएका हरी थापाको टोलीले पन्चेबाजा प्रस्तुत गरेको थियो । कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष सुमन थापा र इन्द्रेणी सांस्कृतिक संघका अध्यक्ष सुशील क्षेत्रीले सबैलाई बिजया दशमी २०७६ को सुभकामना प्रदान गर्नुको साथै नेपाली समाजमा बिशेष योगदान पुर्याउनेहरुलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।