नेपाल जर्नी डालसमा समाजसेवाको उदाहरण बन्दै

बिदेशमा बसेर नेपालमा समाजसेवा गर्न चाहने धेरै भए पनि गर्न भने निकै कठिन छ । दैनिक गुजारा चलाउन काम गर्नै पर्छ । सामान्य काम गरेर खानेहरुलाई त्यति प्रसस्त समय पनि हुँदैन र घरको खर्च धानेर समाजसेवामा लगाउन पैसाको पनि अभाव नै हुन्छ । त्यस माथि संस्था स्थापना गरेर त्यहि संस्थाको पछि कुद्न र देखिने गरी नेपालमा काम गर्न त झन् फलामको च्युरा चपाए सरह हुन्छ । तर पनि गरिछाड्छु भन्नेलाई भने कुनै कुराले छेक्न सक्दैन । त्यसको उदाहरण हो नेपाल जर्नी र त्यसको सक्रिय टीम ।

नेपाल जर्नी स्थापना भएको ४ बर्ष नबित्दै यो नेपाल, अमेरिका लगायत थुप्रै देशहरुमा फैलिएको छ । यसले शुरुवात देखि नै शिक्षाको क्षेत्रमा योगदान दिंदै आएको छ । नेपालका बिभिन्न ठाउंहरुमा पुस्तकालय निर्माण समेत गरिसकेको यो संस्थाले फेरी चितवनको भरतपुरमा एक सुबिधासम्पन्न पुस्तकालय निर्माण गर्ने तयारीमा छ । त्यसको लागि प्रारम्भिक अनुसन्धान, पुस्तकालयको डिजाइन, जग्गाको ब्यबस्थापन समेत सम्पन्न गर्दै निर्माण कार्यको शिलान्यास गर्ने तर्फ अगाडी बढिसकेको छ । यो परियोजनाको लागि ठुलै धनराशी चाहिने भएकोले अन्तररास्ट्रिय रुपमा चन्दा संकलन गर्न भानु खरेलको संयोजकत्वमा समिति समेत गठन भैसकेको छ ।
सोहि कामलाई सफल बनाउन नेपाल जर्नीले हालै डालसमा एक “गाला डिनर” आयोजना गर्यो । त्यसबाट करिव १० हजार डलर संकलन भएर हालसम्म खातामा ६० हजार डलर जम्मा भएको संस्थाकी अध्यक्ष मौसमी श्रेष्ठले जानकारी दिएकि छन् । डालसको नेपाली समाजका अधिकांश अगुवाहरु उपस्थित भएर सहयोग गरेको यो कार्यक्रम डालस क्षेत्रमा हुने कार्यक्रमहरु मध्ये ब्यबस्थापनको हिसाबले उत्कृस्ट थियो ।


सहभागीहरु ढिला आउने, कार्यक्रम ढिला शुरु हुने, बक्ताहरुको लामो सुची हुने, बक्ताहरुले आफ्नो समयको ख्याल नगर्ने जस्ता कारणले यहाँ हुने कार्यक्रमहरु लामा र पट्ट्यार लाग्दा हुन्छन । एउटै कुराहरु दोहोराएर तेहेराएर सुन्दा दर्शकहरु दिक्क हुन्छन । त्यसले गर्दा कार्यक्रमको आकर्षण घट्ने मात्र होइन मान्छेहरु उपस्थित हुन समेत गाह्रो मान्ने गर्छन । तर नेपाल जर्नीको यो कार्यक्रम यी सबै कमजोरीहरुबाट मुक्त रह्यो । थोरै बक्ता, समयमा शुरुवात र समयमै अन्त्यले सबैलाई प्रभावित पार्न यो कार्यक्रम सफल भएको थियो ।
डालसमा नेपालमा सहयोग गर्ने उद्देस्यले धेरै संस्थाहरु खुले पनि नेपाल जर्नीले छोटो समयमा गरेको कामको उच्च मुल्यांकन गर्नै पर्छ । त्यसको लागि अपबाद बाहेक डालसको नेपाली समाजबाट सहयोग मिलिरहेको उपाध्यक्ष बद्रि श्रेष्ठले जानकारी गराएका छन् । हामी पनि आफ्नो अमुल्य समय नेपालमा रहेका र शिक्षाको उज्यालोबाट बन्चित थोरै भए पनि नेपाली बिद्यार्थीहरुलाई नेपाल जर्नीले गरेको सहयोग प्रति आभार व्यक्त गर्न चाहन्छौं । यसको लागि यसमा लागेका सबै पदाधिकारी, स्वयंसेवक र चन्दादाताहरु धन्यवादको पात्र हुनुहुन्छ ।

 

 

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907