डेमोक्र्याटिक पार्टीमा मध्यमार्गी र प्रगतिशीलहरुबीच रस्साकस्सी

यतिबेला अमेरिकाको राजनीति डेमोक्र्याटिक पार्टीबाट २०२० को रास्ट्रपतिको चुनावको उम्मेदवार छान्ने प्रक्रियामा घुमिरहेको छ । समाचारको केन्द्रबिन्दु बन्नको लागि जथाभावी ट्विट गरे पनि अमेरिकीहरु ट्रंप तिर भन्दा डेमोक्र्याटिक पार्टीको उम्मेदवार को होला भन्ने मै केन्द्रित छन् । संचार माध्यमहरु पनि सकेसम्म यहि प्रक्रियामा व्यस्त हुन प्रयास गरिरहेका छन् । करिव दुइ दर्जन उम्मेदवारहरुबाट कसले धेरै डेमोक्र्याटहरुको मन पगाल्न सक्छ भन्ने अहिले सम्म कुनै टुंगो नलागे पनि बिभिन्न खाले अभिमतहरुबाट आधा दर्जन उम्मेदवारहरु अग्रपंक्तिमा देखिन्छन ।


उम्मेदवारहरुलाई आफ्नो विचार र योजना जनतासामु पुर्याउन सबैको बिचमा सामुहिक डिबेट गरिन्छ । यतिबेला दोश्रो चरणको डिबेट भैरहेको छ जसमा उम्मेदवारहरुले आफ्नो विचार संगै अन्य उम्मेदवारहरु भन्दा आफु कसरी फरक छु र २०२० मा हुने निर्बाचनमा कसरी डोनाल्ड ट्रंपलाइ हराउने छु भन्ने कुराहरु व्यक्त गर्दै छन् । डिबेटमा र डिबेट बाहिर हेर्ने हो भने डेमोक्र्याटिक पार्टीभित्रको मध्यपन्थी धार र प्रगतिशील धारबिचमा नै अहिले अन्तरसंघर्ष चलेको छ । त्यसैको प्रतिबिम्ब डिबेटहरु र अन्य फोरमहरुमा स्पस्ट देख्न सकिन्छ ।
सबैको अन्तिम उद्देस्य ट्रंपलाइ अर्को चार बर्ष सत्ता चलाउन नदिने नै हो । यसको लागि डेमोक्र्याटिक पार्टीको सम्पूर्ण उर्जा एकै ठाउँमा हुन जरुरी छ । सरसर्ती ट्रंपलाइ हराउन सक्ने उर्जा प्रगतिशीलहरुमा देखिन्छ तर कतिपय मध्यमार्गीहरु पार्टी प्रगतिशील मार्गमा जाँदा मध्यमार्गीहरुको समर्थन गुम्न सक्ने र त्यसले चुनावमा समेत नकारात्मक असर पर्ने आशंका व्यक्त गर्छन । प्रगतिशीलहरुले अगाडी बढाएका गम्भीर मुद्धाहरु बढी समाजबादी भएको र त्यसको लागि अमेरिकी समाज अझै तयार नभैसकेको जिकिर उनीहरुले गर्छन । बिशेष गरी निशुल्क स्वास्थ्य, निशुल्क शिक्षा जस्ता कुराहरू बढी आलोचित छन् जुन कतिपयको बिचारमा सम्भव छैन । कमसेकम कर नबढाई यी काम गर्न सकिन्न भन्ने उनीहरुको धारणा पाइन्छ ।

अर्कोतिर मध्यमार्गी उम्मेदवारहरुको क्याम्पमा उर्जा देखिन्न । २०१६ को निर्बाचनमा पनि त्यहि उर्जाको कमीले नै हिलारी क्लिन्टनले पराजय भोग्नु परेको थियो । पुराना र असफल भैसकेका कुराहरुलाई टालटुल पारेर ठिक गर्नु पर्छ र नयाँ र ठुलो परिबर्तन गर्ने विचारसंग डराउने यो मध्यमार्गी जमातसंग ट्रंप क्याम्पेनमा भएको अति घृणा र आक्रमणको सामना गरेर पराजित गर्ने उर्जा र जोश छैन । याथार्थबदी हुने नाउँमा यथास्थितिबादी नीति अनुसरण गर्दा कतिपय युवाहरु भोट हाल्न नजाने अवस्था आउन सक्छ जसले गर्दा अघिल्लो चुनावको जस्तै हालत हुनसक्ने कुरामा पनि स्वतन्त्र विश्लेषकहरुले सचेत हुन आग्रह गरेका छन् ।
यतिबेला अग्रपंक्तिमा रहेका पूर्व उप-रास्ट्रपति जो बाइडेन मध्यमार्गी मानिन्छन । ट्रंपलाइ हराउन गोरो छाला नै चाहिन्छ भन्ने ठान्नेहरु बाइडेनको समर्थनमा छन् भने प्रगतिशील तर्फ सिनेटर एलिजाबेथ वारेन र बर्नी स्याण्डर्स छन् । बाइडेन डेमोक्र्याटिक पार्टीको संस्थापन पक्ष र मध्यमार्गी धारको नेतृत्व गरिरहेका छन् भने वारेन र स्याण्डर्स प्रगतिशीलहरुको नेतृत्व गर्दैछन् । यी दुइ प्रगतिशील उम्मेदवारहरु मध्ये अघिल्लो चुनावमा हिलारी संग पराजित बर्नी स्याण्डर्स भन्दा वारेनको पल्ला बिस्तारै भारी हुनसक्ने देखिन्छ । खासगरी वारेनले अमेरिकी जनताका मुद्धरुलाई स्पस्टसंग राखेकी छन् । आफ्ना सामाजिक सुधारका योजनाहरुमा पैसाको श्रोत सहित स्पस्ट योजना ल्याएकोले उनी नै प्रगतिशीलहरुको रोजाइ हुने देखिन्छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907