आगामी आईतबार अर्थात् अगस्त ४ गते ड्यालासमा ईमिग्रेशन फोरम हुने

आगामी आईतबार ड्यालासमा ईमिग्रेशन फोरम हुने टेक्सास, आगामी आईतबार अर्थात् अगष्ट चार तारिखका दिन ड्यालासमा ईमिग्रेशन सम्बन्धी बिषेस छलफल कार्यक्रम हुने भएको छ । दिउंसो १ बजेबाट हुन लागेको कार्यक्रममा अमेरिकन ईमिग्रेशन सम्बन्धी पछिल्ला जानकारी र सहभागिहरुका जिज्ञासाका बारेमा छलफल गर्ने उद्धेश्यले ईमिग्रेशन टाउनहलको आयोजना गरिएको आयोजकहरुले बताएका छन् ।

नेपाली समाज टेक्सासको संयोजनमा टेलिभिजन कार्यक्रम यु स्टाट अगेनले आयोजना गरेको कार्यक्रमलाई एनआरएनए टेक्सास च्याप्टरको समेत सहयोग रहेको छ । न्यूयोर्कमा रहेका चर्चित नेपाली अधिवक्ता बासु फुलाराले आईसको छापा, टिपीएस, बिद्यार्थी भिसा लगायत पछिल्लो समयमा भएका अमेरिकन अध्यागमन कानुनका सबै बिषयमा जानकारी दिनेछन् । सहभागिहरुलाई प्रत्यक्ष रुपमा कार्यक्रममा सहभागि भएर वा गोप्य रुपमा समेत भेटेर प्रश्न सोध्न पाउने ब्यवस्था राखिएको नेपाली समाजका महासचिव भक्त भण्डारीले जानकारी दिएका छन् । बिभिन्न मिडियाबाट प्रत्यक्ष प्रशारण हुने कार्यक्रममा फेशबुक लाईभबाट समेत प्रश्न सोध्न सकिने आयोजक पत्रकार सूर्य थापाले बताए । हामी सदैव समाजको हितमा काम गर्न खोज्नेहरुलाई यस प्रकारका कार्यक्रमले समाजका सदस्यहरुलाई प्रत्यक्ष फाईदा पुग्ने हुंदा सहभागि हुन ड्यालासबासीसंग एनआरएन टेक्सास च्याप्टरका अध्यक्ष राजेश अर्यालले पनि आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907