बिश्वकपको उपाधि इङ्ग्ल्यण्डलाई

जुलाई १४, डालस /१२ औं संस्करणको एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टिम इंग्ल्याण्डले हात पारेकाे छ । लर्ड्स मैदानमा जारि फाइनल खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई हराउदै विश्वकपकाे उपाधि हात पारेकाे हाे ।
२०१९ विश्वकप अन्तर्गत न्युजिल्याण्ड र इंग्ल्याण्ड बीचको फाइनल खेल सुपर ओभरमा पुगेकाे थियाे। पहिले ब्याटिंग गर्दै न्युजिल्याण्डले दिएको २४२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले ५० ओभरमा सम्पूर्ण विकेट गुमाएर २४१ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियाे। सुपर ओभरबाट इंग्ल्याण्डले जितेकाे हाे ।
लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डको सुरुवात राम्रो हुन सकेन। ओपनर जेसन रोय १७ रन बनाएर छैठौं ओभरमा म्याट हेनरीको बलमा क्याच आउट भए। ३० बलमा ७ रन बनाएर संघर्ष गरेका रोय रुटलाई कोलिन डी ग्रयाण्डहोमले क्याच आउट गरे। एक किनार सम्हालीरहेका जोन्नी बेयरस्टोलाई २० औं ओभरमा लकी फर्गुसनले बोल्ड गरे। उनले ५५ बलमा ७ चौका मदतले ३६ रन बनाए। त्यस लगत्तै कप्तान ओएन मोर्गनलाई जेम्स निशमले क्याच आउट गराए। २२ बलमा मोर्गनले ९ रन बनाए। २३.१ ओभरमा इंग्ल्याण्ड ८६/४ को अवस्थामा पुग्यो। न्युजिल्याण्डले सेमीफाइनलमा भारतलाई पराजित गर्दाकै स्थिति आईपुग्यो।तर पाँचौ विकेटको लागि बेन स्टोक्स र जोस बटलरले उत्कृस्ट साझेदारी गर्दै इंग्ल्याण्डलाई जिततर्फ लगे। दुवैले अर्धशतक पुरा गरे र शतकीय साझेदारी समेत गरे।तर ४५ औं ओभरमा जोस बटलरलाई लकी फर्गुसनले क्याच आउट गराउदै न्युजिल्याण्डलाई खेलमा फर्काए। बटलरले ६० बलमा ६ चौका मदतले ५९ रन बनाए। बटलरको विकेट लगत्तै ४७ औं ओभरमा २ रन बनाएका क्रिस वोक्सलाई फर्गुसनले क्याच आउट गराए।
त्यसपछि पनि स्टोक्सले एक किनार सम्हालीरहे। ४९ औं ओभरको तेश्रो बलमा प्लंकेटलाई निशमले क्याच आउट गराए। सोहि ओभरमा जोफ्रा आर्चरलाई निशमले खाता नखोल्दै आउट गरे। ४९ ओभरमा इंग्ल्याण्ड २२७/८ को अवस्थामा पुग्यो। अन्तिम ओभरमा इंग्ल्याण्डलाई १५ रन आवस्यक रह्यो। अन्तिम ओभर बलिंग गर्न ट्रेन्ट बोल्ट आए।
टस जितेर ब्याटिंग गरेको न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनाएको थियो। न्युजिल्याण्डको लागि ओपनर हेनरी निकोलसले सर्वाधिक ५५ रन ( ७७ बलमा ४ चौका ) बनाए। यस्तै टम लाथमले ४७ ( ५६ बलमा २ चौका र १ छक्का ) तथा केन विलियमसनले ३० रन ( ५३ बलमा २ चौका ) बनाए। मार्टिन गुप्टिल र जेम्स निशमले समान १९, कोलिन डी ग्रयाण्डहोमले १६ तथा रोस टेलरले १५ रन बनाए। विलियमसन र निकोलसले दोश्रो विकेटको लागि ७४ रनको साझेदारी गरेका थिए जसपछि न्युजिल्याण्डले ठुलो साझेदारी गर्न सकेन।
इंग्ल्याण्डको बलिंगमा क्रिस वोक्स ( ९-०-३७-३ ) र लियाम प्लंकेट ( १०-०-४२-३ ) ले ३/३ तथा जोफ्रा आर्चर ( १०-०-४२-१ ) र मार्क वुड ( १०-१-४९-१ ) ले १/१ विकेट लिए।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907