मलेसियामाथि नेपालको जित, कप्तान पारसको उत्कृष्ट ब्याटिंग

 
जुन १३, डालस। नेपालले मलेसियाविरुद्धको पहिलो टी-२० खेलमा जित निकालेको छ।जुन१२मा भयको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।
मलेसियाले दिएको १२९ रन पछाएको नेपालले १८.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेका थिए । नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिंग गर्दै ८६ रन बनाएका थिए । पारसले ५० बलमा ८ चौका र ५ छक्का प्रहार गर्दै ८६ रन बनाएका थिए । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पारसको यो दोस्रो अर्धशतक हो ।
त्यस्तै प्रदीप ऐरीले ८, ज्ञानेन्द्र मल्लले ७, रोहित पौडेलले ५ र शरद भेस्वाकरले अविजित १६ रन बनाएका थिए ।
मलेसियाका बलर अनवर रहमानले २ विकेट लिए भने फित्री शामले एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाउदै १२८ रन बनाएको थियो ।
मलेसियाका लागि वीरनदीप सिंहले सर्वाधिक ५७ रन बनाएका थिए । सिंहले ४९ बल खेल्दै ७ चौका र एक छक्का प्रहार गर्दै ५७ रन बनाएका थिए ।
त्यस्तै अहमद फैजले ४५ रन बनाए भने फित्री शामले १२ शयेद अजिज शुन्यमा र सफिक शरिफले २ रन बनाएका थिए । त्यस्तै मुहमद सेयाहादतले ८ रन बनाए ।
नेपाली बलर करण केसीले सर्वाधिक ३ विकेट लिए भने सन्दीप लामिछाने र बसन्त रेग्मीले २-२ विकेट लिए । त्यस्तै सोमपाल कामी एक विकेट लिए ।
बसन्त रेग्मीले ४ ओभरमा २८ रन दिएर २ विकेट लिए भने सन्दीप लामिछानेले ४ ओभरमा २५ रन दिएर २ विकेट लिए । त्यस्तै सोमपाल कामीले ३ ओभरमा १५ दिएर एक विकेट लिए । त्यस्तै करण केसीले ४ ओभरमा २७ रन दिएर २ विकेट लिए । नेपालले एक विकेट रनआउटको रुपमा लिएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907