डालसमा गुरु चिन्तामणि योगीद्वारा “हाम्रा र राम्रा” कुरा सिकाउन समर क्याम्प हुने

हरेक बर्ष झैं नेपाली समाज टेक्सास र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको आयोजनामा हुने समर क्याम्प यो बर्ष पनि जुलाई १४ देखि २४ सम्म सम्पन्न हुने भएको छ । बिहान ९ देखि अपरान्ह ४ बजे सम्म कक्षा १ देखि १२ सम्मका बालबालिकाहरुको लागि यो समर क्याम्प संचालन गरिने आयोजकहरुले जानकारी दिएका छन् । यहि बिशिस्ट प्रयोजनको लागि गुरु डाक्टर चिन्तामणि योगी नेपालबाट आइसक्नु भएको छ । आयोजकहरुका अनुसार कोटा सिमित भएकोले सकेसम्म आफ्ना बालबालिकाहरुलाई भर्ना गरिहाल्न अनुरोध गरिएको छ । करिव डेड हप्ता सम्म चल्ने यो बिशेष कार्यक्रममा सहभागी हुने नानीबाबुहरुको लागि दिनभर खानपिनको व्यवस्था सहित जम्मा एकसय पच्चीस डलर सहयोग दस्तुर तोकिएको छ । कक्षा ९ देखि १२ सम्मका बिद्यार्थीहरुले स्वयम्सेवक र शिक्षकको रुपमा भाग लिनु पर्ने हुँदा जम्मा पचास डलर सहयोग दस्तुर बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।
मानवीय सभ्यता र संस्कार एकअर्काको सभ्यता र संस्कारसंग मिलन, घुलन र बिलय हुने क्रम अहिले तिब्र छ । संगसंगै आफ्ना संस्कार र सभ्यताहरुको संरक्षणको लागि मानिस सक्रिय पनि हुँदैछ । बिस्वब्यापिकरण, बढ्दो बसाइसराइ आदिको कारणले मान्छेको भाषा, संस्कृति र धर्म समेत खतरामा पर्न लागेको सन्दर्भमा आफ्नो त्यो परिचय र पहिचान बचाउन विभिन्न खालका क्रियाकलापहरु संचालन पनि हुँदै आएका छन् । बिशेष गरी पश्चिमाहरुले आफ्नो धर्म फैलाउने अभियानमा धार्मिक स्वतन्त्रता र अन्य स्वतन्त्रताका धेरै कुरा गरेका छन् । तर आफुलाई असजिलो हुँदै गएका ठाउँहरुमा भने रास्ट्रबादको नाममा धार्मिक कट्टरताको वकालत गर्ने गरका छन् ।
हामी पनि बिदेशमा आफ्नो केहि पहिचान र परिचय होस् भन्ने चाहन्छौं । हाम्रो धर्म नमेटियोस, हाम्रो संस्कार नमेटियोस, हाम्रो भाषा नमेटियोस भनेर धेरै अभियन्ताहरु यसमा लाग्नु पनि भएको छ । धर्मलाई आफ्नो स्वार्थ पूर्तिको लागि प्रयोग गर्ने, धर्मलाई आफ्नो फाइदाको लागि परिभाषित गर्ने कतिपय व्यक्तिहरु हुँदा हुँदै पनि आफ्नो परिचय आफ्नै धर्म र संस्कृतिमा देख्नेहरुको कारण प्रबाशमा पनि हाम्रो धर्म टिक्न सकेको छ । यसको लागि नयाँ पुस्ताहरुलाई नयाँ किसिमले हाम्रो धर्म र संस्कृति प्रति शिक्षित र दिक्षित गर्न जरुरी छ ।
अहिलेको पुस्ता धर्ममा समय सापेक्ष परिबर्तन र परिभाषित होस् भन्ने चाहन्छ । हाम्रा संस्कारहरु समय सापेक्ष होउन भन्ने अहिले धेरैको चाहना छ । संगसंगै हाम्रो संस्कारका बैज्ञानिक कारणहरु बारे मानिसहरुलाई जानकारी गराउन जरुरी देखिन्छ । आफु भन्दा अघिल्लो पुस्ताले गरेको देखेर गरेको भन्ने भन्दा पनि कुनै संस्कारको बैज्ञानिक कारणसहित त्यो कर्मको बारेमा बुझाउन सकियो भने मात्र हामीले हाम्रो संस्कार जोगाउन सकिन्छ ।


यहि सन्दर्भमा गुरु चिन्तामणि योगीको यो समर क्याम्पमा हुने उपस्थिति अत्यन्त उपयोगी छ । बिगत लामो समय देखि नै योगीजी डालसको समाजमा आएर आफ्नो ज्ञान बाँड्दै आउनु भएको छ । बिशेष गरी उहाँको ज्ञानको भण्डार र उत्कृस्ट प्रस्तुति बिद्यार्थीहरुले अत्यन्त रुचाउने गरेका छन् । सजिलो भाषामा र दुवै भाषामा उहाँको पोख्तताले कतिपय नेपाली राम्रोसंग नबुझ्ने बिद्यार्थीहरुलाई पनि यो क्याम्प अत्यन्त लाभदायी हुने गरेको छ । हाम्रो बिभिन्न कमजोरीहरुका कारण नमस्ते भन्न पनि नजान्ने र नचाहने बालबालिकाहरुलाई यो समर क्याम्पमा गुरु चिन्तामणि योगीको बाणी अमृत हुनसक्छ ।
हाम्रो पुर्बिय संस्कृति अत्यन्त बैज्ञानिक, धनी र अग्रगामी हुँदा हुँदै पनि त्यसको प्रस्तुतिको शैली र प्रचार प्रसारको कमीले गर्दा पुरानो र जड्बत संस्कारको ट्याग भिर्न बाध्य छ । यहि कुरा बुझ्न नसक्दा कतिपय हाम्रै समुदायका व्यक्तिहरु पनि धर्म परिबर्तन गर्ने मात्र होइन पश्चिमा संस्कृतिको अनुसरण गर्नुलाई आधुनिक बन्नु भन्ने अर्थमा समेत लिने गर्छन । यसैको जरोमा पुगेर हाम्रो धर्म र संकृतिको ब्याख्या र दैनिक जीवनमा त्यसको उपयोगिता बारे गुरु चिन्तामणि योगीले बताउनु हुन्छ ।
त्यसैले समर क्याम्पमा आफ्ना बालबालिकाहरुलाई भर्ना गरेर थोरै भए पनि अमृतपान गराउन नेपाली मन्दिर र नेपाली समाज टेक्सासले अपिल गरेका छन् । आफ्नो जरो बारे अलिकति जानकारी गराउने यो अत्यन्त पुनित कार्यमा सबै अभिभावकहरु लाग्नु हुनेछ भन्नेमा आयोजकहरु ढुक्क हुनुहुन्छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907