भारतद्धारा बङ्गलादेश सामु ३१५ रनको लक्ष्य पेश
जुलाई २, डालस/ इंग्ल्याण्डमा जारी एक दिवसिय विश्वकप क्रिकेट २०१९ अन्तर्गत आजको खेलमा भारतले र बंगलादेशसामु ३१५ को लक्ष्य पेश गरेको छ । खेलमा पहिले ब्याटिंग गर्दै भारतले ३१४ रन जोडेको हो।एज्बास्टनमा टस जितेर ब्याटिंग गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१४ रन जोडेको हो। उसका रोहित शर्माले सर्वाधिक १०४, लोकेश राहुलले ७७ र रिसभ पन्तले ४८ रन जोडे।ओपनर लोकेश राहुल र रोहित शर्माले पहिलो विकेटका लागि १८० रनको साझेदारी गर्दा भारत ठूलो लक्ष्यतर्फ अग्रसर भएको थियो। तर आफ्नो अन्तिम स्पेलमा मुस्ताफिजुर रहमान र शाकिब अल हसनले उत्कृस्ट बलिङ्ग गर्दै बंगलादेशलाई खेलमा फर्काए। एकै ओभरमा मुस्ताफिजुरले बिराट कोहली र हार्दिक पान्ड्याको विकेट हात पार्दा भारतले अन्तिमका ओभरमा खुलेर रन जोड्न सकेन।बंगलादेशको बलिङ्गमा मुस्ताफिजुर रहमानले सर्वाधिक ५ विकेट हात पारे। यस्तै शकिव अल हसन, रुबेल हुसेन र सोम्य सरकारको नाममा समान १-१ विकेट लिए ।