नेपाली समाज टेक्सासले गर्यो पत्रकार सम्मेलन

नेपाली समाज टेक्सासले डालसमा एक पत्रकार सम्मेलन सम्पन्न गरेको छ । नेपाली समाज टेक्सासले संचालन गरेका कार्यक्रमहरु र भविस्यमा संचालनमा ल्याउन लागेका योजनाहरु बारेमा जानकारी दिन उक्त पत्रकार सम्मेलन आयोजना गरिएको थियो । युलेस स्थित स्थानिय गुर्खा बारमा आयोजित उक्त पत्रकार सम्मेलनमा डालस वरपर सक्रिय रहेका बिभिन्न संचार माध्यमका प्रतिनिधि पत्रकारहरुको उपस्थिति थियो ।
कार्यक्रममा नेपाली समाज टेक्सासका महासचिव भक्त भण्डारीले पत्रकार सम्मेलनमा छलफल गरिने बिषयहरु जानकारी गराउनु भएको थियो । नेपाली समाज टेक्सासको स्थापना कालदेखि अहिले सम्म यसमा सक्रिय रहेका व्यक्तिहरुको चिनारी र गरिएका कामहरुलाई लिपिबद्ध गर्न स्मारिका प्रकाशन, जुलाई १४ देखि हुने समर क्याम्प, नेपाली पाठशालालाइ ब्यबस्थित र प्रभावकारी रुपमा कसरी संचालन गर्ने, सामुदायिक भवन निर्माणको आधार तयार पार्ने लगायतका बिषयमा छलफल गर्न उक्त पत्रकार सम्मेलन आयोजना गरिएको महासचिव भण्डारीले जानकारी गराउनु भएको थियो ।

फोटो सौजन्य: सुरज भण्डारी

समर क्याम्प र नेपाली पाठशालाको बिषयमा नेपाली पाठशालाका संयोजक भोज बहादुर बलायर, स्मारिकाको सम्बन्धमा नेपाली समाज टेक्सासका पूर्व महासचिव विजयराज भट्टराई र सामुदायिक भवन निर्माणको बिषयमा नेपाली समाज टेक्सासका अध्यक्ष सुमन थापाले जानकारी दिनु भएको थियो । समर क्याम्प जुलाई १४ देखि शुरु हुने, त्यसको नेतृत्व स्वामी चिन्तामणि योगीले गर्नु हुने, कक्षा एक देखि ८ कक्षासम्मका बालबालिकाहरुको लागि पुर्बिय दर्शन, धर्म, संस्कार र संस्कृति बारे जानकारी सहित ब्यबहारिक शिक्षा प्रदान गरिने जानकारी बलायरले दिनु भएको थियो ।
त्यस्तै स्मारिका प्रकाशन अत्यन्त आबस्यक रहेको विचार व्यक्त गर्दै संयोजक विजयराज भट्टराईले उक्त प्रक्रियाको थालनी भैसकेको र नेपाली समाजका पूर्व पदाधिकारी एबम क्रियाकलापको बारेमा कसैलाई जानकारी भएको खण्डमा उपलब्ध गराउन सबैमा अपिल गर्नु भएको थियो ।
सामुदायिक भवन निर्माणको बिषयमा नेपाली समाजका अध्यक्ष सुमन थापाले आफ्ना विचार व्यक्त गर्दै सामुदायिक हाम्रो चाहना होइन आबस्यकता भैसकेको उल्लेख गर्नु भएको थियो । नेपाली समाज सामुदायिक भवन निर्माणमा कटिबद्ध रहेको उल्लेख गर्दै नेपाली सांस्कृतिक तथा आद्यात्मिक केन्द्रसंग मिलेर उक्त परियोजना सम्पन्न हुने विश्वास व्यक्त गर्नु भएको थियो ।
सामुदायिक केन्द्र निर्माणमा नेपाली समाज टेक्सास र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र बीच मतभिन्नता देखिएको छ । नेपाली समाज टेक्सास एनसीएससी नेपाली समाज टेक्सासकै अभिन्न अंग रहेकोले युलेसमा निर्माण गर्न लागिएको मन्दिर सहितको परियोजनामा सामुदायिक भवन आफ्नो जिम्मामा बनाउने र आफ्नै अधिनमा संचालन गर्ने योजनामा रहेको सो अबसरमा स्पस्ट गरिएको थियो । एनसीएससी भित्र भने मन्दिर संगै को सम्पूर्ण संरचनालाइ धार्मिक आस्थासंग जोडिएकोले नेपाली समाज टेक्सासको मातहतमा राख्न ठिक नहुने धारणा बलियो छ । पत्रकार सम्मेलनमा पनि नेपाली समाजका पदाधिकारीहरुले त्यसको असन्तुस्टी व्यक्त गरेका थिए । यहि बिषयलाई टुंगोमा पुर्याउन अर्को हप्ता दुवै संस्था बीच छलफलको आयोजना गरिएको समेत जानकारी गराइएको थियो  ।

यस बिषयमा प्रतिक्रिया माग्दा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका अध्यक्ष सुरेश पोख्रेलले युलेसको परियोजनामा कुनै विवाद र मतभिन्नता रहेको भन्ने कुरामा कुनै सत्यता नरहेको र नेपाली समाज टेक्सासको वर्तमान कार्यसमितिले तन, मन र धनले सहयोग गरिरहेको जानकारी गराउनु भएको छ । नेपाली समाज टेक्सास र एनसीएससीको सम्बन्ध बाबुआमा र बच्चाको जस्तो रहेको र यसलाई अलग्गै राखेर हेर्न नसकिने उहाँले स्पस्ट पार्नु भयो । मन्दिर निर्माण देखि सम्पूर्ण प्रक्रियामा नेपाली समाज टेक्सास संगै रहने जनाउँदै त्यहाँ नेपाली समाज टेक्सासको कार्यालय लगायत सामुदायिक भवन निर्माण गरिने र त्यसको स्वामित्व एनसीएससीमा रहे पनि नेपाली समाज टेक्सास अभिन्न अंगको रुपमा नै रहने कुरामा अन्यथा नलिन सबैमा अनुरोध समेत अध्यक्ष पोख्रेलले गर्नु भएको छ । नेपाली समाज टेक्सास र एनसीएससीलाइ अलग गर्ने चलखेल प्रति सचेत रहन अनुरोध गर्दै पोखरेलले यी दुइ संस्था अलग भएमा डालसको नेपाली समाज समेत विभाजित हुने हुनाले यसमा गम्भीर भएर विचार गर्न सबैमा अपिल गर्नु भएको छ ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907