यु-१९ नेपाली क्रिकेट टिम मलेसिया प्रस्थान गर्दै ।

नेपाली यू–१९ क्रिकेट टिम खेल्न नेपाली क्रिकेट टिम आज मलेसिया जान लागेको छ । शुरुमा ८ टिम सहभागी हुने भनिए पनि अन्तिम समयमा म्यानमारले टिमबाट नाम फिर्ता लिएपछि नेपाल रहेको समूहमा ३ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

म्यानमारले नखेल्ने भएपछि अब समूह ए मा नेपाल, चीन र सिंगापुर मात्र हुनेछन् । यसअघि प्रतियोगिता ८ राष्ट्र सहभागी हुने भए पनि अब ७ राष्ट्रले मात्र प्रतिस्पर्धा गर्नेछन् । यस्तै यसअघिको तालिका अनुसार नेपालले पहिलो खेल जुलाई २ मा म्यानमारसँग खेल्ने तय भएको थियो ।

अब नेपालले जुलाई ३ मा चीनसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यसअघिको नेपालले दोस्रो खेल ५ तारिखमा चीन र ६ तारिखमा सिंगापुरसँग खेल्ने तालिका थियो । अब नेपालले दोस्रो खेल ५ तारिखमा सिंगापुरसँग खेल्नेछ । नेपालले एक खेलमात्र जिते पनि समूह चरण पार्ने सम्भावना बढेको छ । प्रतियोगिता खेल्न आइतबार मलेसिया जाँदै छ ।

घरेलु मैदानमा करीव दुई साताको तयारीपछि मलेसिया जान लागेको नेपाली युवा टिमले यसपटक उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ । प्रतियोगिताको उपाधि दावेदारका रुपमा रहेको नेपाललाई समूह चरण सहजै रहे पनि सेमिफाइनल र फाइनलमा भने केहि चुनौती हुन सक्नेछ । समूह चरणमा म्यानमार यसअघि म्यानमार विरुद्ध पहिलो खेल खेल्ने बताइए पनि अन्तिममा म्यानमारले नाम फिर्ता गरेपछि नेपाललाई समूह चरण पार गर्न अझ सजिलो भएको छ । अब नेपालले चीन र सिंगापुरसँगमात्र खेल्नेछ ।

जसमा एक खेलमा जित निकाले उसले अन्तिम चारमा स्थान बनाउनेछ । तर नेपाल सिंगापुर क्रिकेटका बारेमा जानकार भए पनि चीनको टिम कस्तो छ, त्यसमा अनभिज्ञ रहेको छ । प्रशिक्षक विनोद दासले पनि यसपटक समूह चरणमा चीन सरप्राइज हुनसक्ने बताएका थिए ।

उनले अरु टिमका बारेमा जानकार भए पनि चीन कस्तो टिम बनेको छ, त्यो जानकारी नभएको बताए । नेपालको असली परीक्षा सेमिफाइनलबाट हुनेछ । समूह बी मा उपाधिको अर्को दावेदार मलेसिया र हङकङ रहेका छन । केहि महिना अगाडी मलेसियामा नै भएको यू–१९ विश्वकप छनोटमा घरेलु टिमले नेपाललाई पछि पार्दै विश्वकपका लागि छनोट भएको थियो । सो बेला बर्षा बाधक भने पनि मलेसियाविरुद्धको खेल नै नेपालका लागि ठूलो घातक बनेको थियो ।

साविक विजेताका नाताले नेपाली टिममा यसपटक अनुभवी र नयाँ खेलाडीको समिश्रण रहेको छ । यसअघि मेलसियामा नै भएको प्रतियोगिता खेलेका अधिकांश खेलाडी यतिबेला टिममा रहेका छन् । जसमा विश्वकप छनोटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका रोहितकुमार पौडेललाई दोहोरो जिम्मेवारी छ ।

मैदानमा टिमलाई सम्हाल्नुका साथै ब्याटिङमा पनि आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिनुपर्नेछ । विश्वकप छनोटमा उनले ५ खेलमा एक सय ९४ रन बनाएका थिए । जसमा उनको सर्वा्धिक स्कोर ९५ रन रहेको थियो । सो प्रतियोगितामा उनले दुई वटा अर्धसतक बनाएका थिए । उनले ओमान विरुद्ध पनि ७५ रन बनाएका थिए । यस्तै रित गौतम पनि यसपटक टिममा नै छन् । उनले विश्वकप छनोटमा कुल ५ खेलमा एक सय ५६ रन बनाएका थिए । जसमा उनले एक अर्धसतक हानेका थिए । कुवेत विरुद्धको खेलमा उनले ६२ रन बनाएका थिए ।

अलराउण्डर पवन सराफ टिमका महत्वपूर्ण सदस्य हुन । टिमले चाहेको खण्डमा ब्याट र बल दुबैमा योगदान गर्नसक्ने पवनले यसअघि मलेसियामा नै भएको विश्वकप छनोटमा धेरै रन बनाउने तेस्रो नेपाली खेलाडी बनेका थिए । उनले ५ खेलमा एक सय ३६ रन बनाएका थिए । जसमा एक अर्धसतक थियो । उनले कुवेत विरुद्ध ५३ रनको पारी खेलेका थिए ।

ब्याटिङमा मात्र होइन बलिङपनि पवन नेपालका लागि धेरै विकेट लिने खेलाडी बनेका थिए । उनले ५ खेलमा नौ विकेट लिएका थिए । यसपटकको टिमका अर्का सदस्य हुन भीम शार्की । फिल्डिङमा उत्कृष्ट रहेका भिमले ब्याटिङमा पनि टिमका लागि विस्फोटक पारि खेल्न सक्छन् । उनले विश्वकप छनोटमा कुल एक सय १८ रन बनाएका थिए । जसमा युएई विरुद्ध ५३ रनको अर्धसतकीय पारी खेलेका थिए ।

यसपटक पनि उनको प्रदर्शन टिमका लागि निकै महत्वपूर्ण हुनेछ । यस्तै हरी चौहान, प्रतिश जिसी, कमलसिंह ऐरी पनि टिमका मूख्य हतियार हुन् । यी तीनै खेलाडीले विश्वकप छनोटमा राम्रो प्रदर्शन गरेका थिए । ब्याटिङमा मात्र होइन बलिङमा पनि नेपाली युवा टिम अब्बल रहेको छ । कुशल मल्ल, कमलसिंह ऐरी, रसिद खान, प्रतिश जिसीले विपक्षीलाई निकै दबाव दिने गर्छन् । विश्वकप छनोटमा पनि पवन बाहेक कुशल मल्लले आठ, कमलसिंह ऐरीले चार रोहित पौडेलले तीन, रासिद खानले तीन विकेट लिएका थिए । प्रतिश जिसीले दुई विकेट लिए ।

अब यसपटक एशिया कप छनोटमा स्थान बनाउन विश्वकप छनोटमा नेपालको प्रदर्शनलाई अझ उत्कृष्ट गर्न आवश्यक छ । यसपटक टिममा दुई जना नयाँ खेलाडी पनि छन्, उनीहरुले यू–१६ लेभरमा राम्रो प्रर्दशन गरिसकेकाले यू–१९ मा पनि आफ्नो क्षमता देखाउनेमा टिमको विश्वास छ । यो समचार क्रिक नेपालको सहयोमा तयार गरियको हो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907