आज असार १५, धान दिवस ।
June 30, 2019 | 10:39 am    
जुन २९ डालस/ आज धान दिवस अर्थात असार १५ । बिशेषगरि नेपाली किसानहरुले यस समयमा मुठी खाएर मुरी उब्जाउनकालागि हरदिन खेेत बारिमा काम गर्न लागिपर्छन् । धान खेति नेपालमा हरेेेक किसानको प्रथमिकताको खेति हो । असार महिनाको मध्य दिन १५ गतेलाई नेपाल सरकारले धान दिवसको रुपमा मनाउछ भने, किसानले खेेतमा धान रोप्दै रोपाइँ जात्रा रुपमा मनाउँछन् । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुन्छन् । आजका दिन असारे भाकामा गित गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।
धान रोपाँईमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसानले आजकै दिन शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँने गर्छन् ।
नेपाली किसानले जति प्रथमिकताका साथ धान खेति गर्ने गरेता पनि सरकारले कृषकलाई त्यतिनै प्रथमिकतामा राखेको पाईदैन । अझै पनि कृषकले समयमा धानको बिउ पाउँदैन भने भारतािय बिउले बजार तताउदा किसान बिग्यापनको आधारमा र प्रयाप्त परामर्ष अभाबमा बिउ खरिद गर्न बाध्य हुन्छन् । चर्को मुल्य तिरेर बिज्ञापनको आधारमा खरिद गरेको बिउले बेला बेलामा धोका खायको स्वयम कृषकहरु बताउछन् । जन तन बिउ तयार गरेेेेका किसानले रोप्नका लागि सिंचाईको ब्यावस्था नहुँदा मनसुन कुर्न बाध्य छन् । आकासे पानि, मलको अभाब, धानमा लाग्ने रोग र रोग निवारणको बारेमा जानकारि दिने जेटियको अभाबले श्रम अनुुुुसारको उत्पादन गर्न सकेका छैनन् । सरकारले कृषकलाई अनुदान र कृर्षीमा क्रन्ति भन्ने कुरा गरेता पनि ब्याबाहारमा उतार्न सकेक छैैैन ।
सरकारले कृर्षी प्रधान देशमा कृर्षी प्रणालिलाई चुस्त दुरुस्त बनाउन नसकेता पनि असार १५ नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । असार १५ का दिन आज गाउँठाउँका हुने खानेले बेठी लगाएर धान रोपाइँ गर्छन् । यसरी धान रोपाइँ गरे खेतबाट सह बसी मनग्य उत्पादन हुने विश्वास रहेको छ ।