भारतको अपराजित यात्रा कायमै

जुन २७, डालस /इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकपमा भारतले आफ्नो अपराजित यात्रा कायम राखेको छ। यस क्रममा भारतले वेस्ट इन्डिजलाई सहजै १२५ रनले सहजै पराजित गर्यो । जित पछि भारतको ६ खेलमा ५ जित र १ बराबरी अंकसहित ११ अंक पुगेको छ र अंकतालिकामा दोश्रो स्थानमा उक्लेको छ। न्युजिल्याण्डको पनि ७ खेलमा ११ अंक रहेको छ । रन रेटका आधारमा भारत तेस्रो स्थानमा रहेको हो ,भने अस्ट्रेलिया ७ खेलमा १२ अंक सहित शिर्षस्थानमा रहेको छ। वेस्ट इन्डिजको भने ७ खेलमा मात्र १ जित र ४ हार बेहोर्दै सेमीफाइनल पुग्ने झिनो सम्भावना सकिएको छ। यस अघि अफगानिस्तान र दक्षिण अफ्रीका सेमीफाइनल रेसबाट बाहिरिसकेका थिय।भारतले यस अघि अफगानिस्तानलाई ११ रनले, पाकिस्तानलाई ८९ रनले, अस्ट्रेलियालाई ३६ रनले तथा दक्षिण अफ्रीकालाई ६ विकेटले पराजित गरेको थियो भने न्युजिल्याण्डसंगको खेल नतिजाविहिन रहेको थियो। भारतले अब आगामी खेल इंग्ल्याण्डसंग जुन ३० तारिकमा, बंगलादेशसंग जुलाई २ तारिकमा र श्रीलंकासंग जुलाई ६ तारिकमा खेल्ने छ।

भारतले पहिले ब्याटिंग गर्दै दिएको २६९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिजले ३४.२ ओभरमा १४३ रनमै सबै विकेट गुमाउन पुग्यो।लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले कमजोर सुरुवात गर्यो। क्रिस गेल ६ तथा शाइ होप ५ रन बनाएर शामीको शिकार बने।त्यसपछि तेश्रो विकेटको रुपमा सुनिल एम्ब्रिस र निकोलस पुरनले ५५ रनको साझेदारी गरे। एम्ब्रिसलाई १८ औं ओभरमा हार्दिक पान्ड्याले एलबिडब्लु गरेपछि वेस्ट इन्डिजले लगातार विकेट गुमायो।निकोलस पुरन २८, शिमरन हेटमेयर १८, कप्तान जेसन होल्डर ६ तथा कार्लोस ब्राथवेट १ रन बनाएर आउट भए। अन्तिममा केमर रोचले १४ , शेल्डन कटरेलले १० तथा ओशें थोमसले ६ रन बनाएर भारतको जितको प्रतीक्षा लम्ब्याए।मोहम्मद शामीले थोमसलाई अन्तिम विकेटको रुपमा आउट गरे। फलस्वरूप ३४.२ ओभरमा वेस्ट इन्डिज १४३ रनमा समेटिन पुग्यो।भारतको लागि  महोमद शामीले ४ विकेट लिने क्रममा ६.२ ओभरमा १६ रन मात्र खर्चिए। यस्तै जस्प्रित बुम्राले र युझभेंद्र चाहलले २/२ विकेट तथा हार्दिक पान्ड्या र कुलदिप यादबले १/१ विकेट लिए।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907