भारतद्धारा वेष्ट इन्डिसामु दुई सय ६९ रनको लक्ष्य
जुन २७ , डालस / आइसीसी एकदिवसिय विश्वकपमा भारतद्धारा वेष्ट इन्डिसामु दुई सय ६९रनको लक्ष्य पेस गरेको छ । म्यानचेस्टरमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै दुई सय ६८ रन बनायो । खराब सुरुवात गरेेेको भारतले २९ रनमा ओपनर रोहित शर्मा १८ रनमा गुमायो त्यसपछि दोस्रो विकेटका लागि कप्तान विराट कोहली र लोकेश राहुल विच ६९ रनको साझेदारी भएपछि भारत केहि सम्हालिएको थियो । राहुल ४८ रनमा आउट भए । त्यसपछि अर्का खेलाडी विजय शंकर ब्यक्तिगत १४ रनमा पेभेलियन फर्किएपछि भारतले एक सय २६ रनमा तेस्रो विकेट गुमायो । भारतले त्यसपछि अरु दुई विकेट कम रनमा नै गुमायो । कप्तान विराट कोहली ब्यक्तिगत ७२ रनमा आउट भए भने केदार जादव मात्र सात रनमा पेभेलियन फर्किए । एक सय ८० रनमा पाँच विकेट गुमाएको भारतका लागि महेन्द्रसिंह धोनी र हार्दिक पाण्ड्या विच ७० रनको साझेदारी भएपछि भारतले राम्रो चुनौती दिन सफल भयो । हार्दिक पण्ड्यले ४६ रन बनाए ।त्यसपछि क्रिजमा आएका मोहम्मद सामीले खाता खोल्न सकेनन् । जसका कारण भारतले दुई सय ५२ रनमा सात विकेट गुमायो । उसका लागि धोनीले अविजीत ५६ रन बनाए । बलिङमा वेष्ट इन्डिजका केमी रोचले तीन तथा जेसोन होल्डरले दुई विकेट लिए भने कोट्रेलले २ विकेट लिए ।