न्युजिल्यान्डको पहिलो हार ।

एजेन्सी : इङ्ल्यान्डमा जारी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार बर्मिङ्घममा भएको खेलमा न्युजिल्यान्डले पहिलो हारको सामना गर्नु परेको छ। सात खेल खेलेको न्युजिल्यान्ड एक हार ,एक बराबरि र पाँच जितका साथ अंक तालिकाको दोस्रो स्थान छ । पाकिस्तान भने सात खेलमा तिन हार, तिन जित र एक वरावरिका साथ सातौं स्थानमा छ ।

बलियो प्रतिद्वन्द्वी पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको  हो। खेलमा पाकिस्तानका बाबर अजम ले १०१ रनको शानदार स्कोर गरे। उनीसँगै हरिस सोहेलले ६८ रनको गतिलो पारी खेले।न्युजिल्यान्डले दिएको २३७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले सुरूवात गतिलो गर्न सकेन । उसले आफ्ना महत्वपूर्ण तीन विकेट ११० रन बनाएकै अवस्थामा गुमाउन पुग्यो । तर बाबर र सोहेलको महत्वपूर्ण शतकीय साझेदारीको बलमा पाकिस्तानले विश्वकपमा रहिरहन जित्नैपर्ने खेलको नतिजा आफ्नो पक्षमा पारेको हो। सेमीफाइनलमा जानका लागि पाकिस्तानले यो खेल जित्नै पर्ने दबाब थियो । पाकिस्तानको तर्फबाट बाबर आजमले सर्वाधिक १०१ रन बनाउँदा न्युजिल्यान्डका लागि से बोल्ट, फर्गुसन र विलियमसनले समान १-१ विकेट लिए । न्युजिल्यान्डले दिएको लक्ष्य पछ्याएको पाकिस्तानले सुरूवात नराम्रो गरे पनि मध्यक्रमका व्याटसम्यानले खेल जिताए ।पाकिस्तानका ओपनर इमाम उल हक २९ बलमा १९ रन बनाएर पेभेलियन फर्किए। त्यस्तै अर्का ओपनर फखहर खानले केबल ९ रन जोडे। त्यसपछि बबर आजमले पाकको पारी सम्हाल्दै १०१ रनको शानदार पारी खेले। उनले आफ्नो पारीमा ११ चौका प्रहार गरे। पाकिस्तानका लागि हरिस सोहैलले ७६ बलमा ६८ रनको गतिलो पारी खेले । उनले त्यसक्रममा ५ चौका र २ छक्का पनि हाने। त्यसैगरी मोहम्मद हाफिजले ५० बलको सामना गर्दै २१ रनको योगदान दिए।पराजित भएको न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्ट, एलएच फर्ग्युसन र केएस विलियन्सनले समान १-१ विकेट लिन सफल भय ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907