नेपाल बन्दले जनजीवन प्रभावित , कहाँ कहाँ के के भयो ?

काठमण्डौ, जुन २४ /नेत्र बिक्रम चन्दको नेकपाले  गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ ।:विप्लव समूहले आफ्ना सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा आज एक दिन नेपाल बन्द आहृवान गरेको हो ।पौडेल गत असार ५ गते प्रहरीको गोलीबाट मारिएका थिए । प्रहरीले मुठभेडका क्रममा पौडेल मारिएको बताए पनि विप्लव समूहले नियन्त्रणमा लिएर गैरन्यायिक हत्या गरिएको भन्दै सरकारको आलोचना गरेको छ । यो हत्या प्रकरणमा विप्लवसँगै सत्तारुढ तथा विपक्षी दलका नेताले समेत सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।

पटक पटक यो या त्यो कारणले चन्द समुहको बन्दले नेपाली जनजिविकामा प्रतक्ष्य असर परिरहेको छ । बन्दकर्ता सडकमा नदेखिए पनि काठमाडौं उपत्यकामा बिहान बन्दको असर देखिएको छ । अन्य दिनको तुलनामा काठमाडौं उपत्यकाका सडक बिहान सुनसान देखिएका छन् । निजी सवारी फाट्टफुट्ट चले पनि बन्दको त्रासले सार्वजनिक सवारी नगन्य मात्रामा चलेका छन् । सडकमा साविकअनुसार सवारी साधन नचल्दा जनजीवन प्रभावित भएको छ । महानगरीय ट्राफिक प्रहरी कार्यालयले बिहान कम सवारी साधन चले पनि विस्तारै सडकमा चाप पर्दै गएको जनाएको छ । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी साधन त मंगलबार बिहानैदेखि ठप्प छन् । महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार, एकाधाएक बाहेकका सवारी उपत्यकाबाट बाहिरिएका छैनन् ।

देशकै प्रमुख लाइफलाइन पृथ्वी राजमार्गमा बन्दको प्रभाव देखिएको छ । यो खण्डमा बिहानैदेखि सवारी साधन चलेका छैनन् । मुग्लिन प्रहरीका अनुसार, निजी सवारी साधन फाट्टफुट्ट चलेको देखिए पनि बसलगायतका सार्वजनिक गाडी गुडेका छैनन् । बन्दको प्रभाव उपत्यकाको सवारी आवागमनसँगै शैक्षिक संस्था, कलकारखानालगायतमा पनि परेको छ । काठमाडौं उपत्यकाका विद्यालय तथा क्याम्पसहरुले त्रासका कारण छुट्टी दिएका छन् ।बन्दको प्रभाव देशका अन्य भागमा पनि परेको छ । देशका ठूला तथा साना सहरमा आन्दोलनकारीको निशानामा पर्ने त्रासमा सवारीसाधन चलेका छैनन् ।
सवारी साधनसँगै शैक्षिक संस्था र कलकारखानामा पनि बन्दले प्रभावित भएका छन् । कतिपय स्थानमा शंकास्पद वस्तु भेटिएपछि जनजीवन त्रस्त बनेको छ । ललितपुरको जावलाखेल खेल मैदान अगाडि भेटिएको प्रेसर कुकर बम पनि सेनाको टोलीले निष्कृय पारेको छ । काठमाडौंको कीर्तिपुरस्थित नयाँबजार गेट नजिक भेटिएको शंकास्पद बस्तु भेटिए पनि उक्त बस्तु बम नभएको खुलेको छ । प्रहरीका अनुसार प्लास्टिकको भाँडोमा माटो भरेर राखिएको थियो । यद्यपि बम भएको आशंकामा स्थानीयले खबर गरेपछि नेपाली सेनाको टोलीले सो क्षेत्र वरपरको नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ ।
विहान ४ बजेबाट सवारी साधन चल्ने काठमाडौँका सडक पनि सुनसान छन् । दूघ, एम्बुलेन्स, दकमलसहित प्रेसका गाडी बाहेक अरु कुनै सावरी साधन चलेका छैनन् । बन्दको पूर्वसन्ध्यामा नेकपाका कार्यकर्ताले सोमबार साँझ देशका विभिन्न स्थानहरुमा मशाल जुलुस बालेका छन् । उनीहरुले गृहमन्त्री रामबहादुर थापाको राजिनामा समेत मागेका छन् ।बझाङ, झापासहित विभिन्न स्थानहरुमा बम भेटिएका छन् । बन्दको पूर्वसन्ध्यामा झापाको भद्रपुर स्थित भद्रपुर नगरपालिकाकाे कार्यालयभित्र एउटा झाेलामा शंकास्पद वस्तु भेटिएकाे छ । प्रहरीका अनुसार नगरपालिकाका मेयरकाे कार्य कक्ष चढ्ने सिढीकाे तल कालाे व्याग जस्तो शंकास्पद वस्तु फेला परेकाे थियो ।यसैगरी बझाङकाे जयपृथ्वी नगरपालिका वडा नं. ३ राजकाेट पाण्डु पडेसको वडा कार्यालय भवनमा बम भेटिएको छ । वड नं. ३ को कार्यालयको गेटमा बम फेला परेको र घटनास्थलमा अहिले सुरक्षाकर्मी परिचालन नभएको एक स्रोतले बताए । राति १२ बजेसम्म प्रहरी घटनास्थलमा पुगेको थिएन ।
यता गृहमन्त्रालयले बन्दको प्रभावलाई मध्यनजर गर्दै राजधानी काठमाडौंसहित देशभरको सुरक्षा ब्यबस्था कडा पारेको छ । काठमाडौंमा सोमबार साँझदेखि नै चोक चोकमा व्यापक प्रहरी परिचालन गरेको छ । बन्दकै दिन उता अछाममा दुईवटा सरकारी कार्यालयमाथि आगजनी भएको छ ।जिल्लाको पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ३ र ढकारीगाउँपालिका वडा नम्बर ५ को कार्यालयमा सोमबार राति अज्ञात समूहले आगजनी गरेको छ। आगजनीबाट कार्यालय सम्पुर्ण रुपले ध्वस्त भएको त्यहाँबाट प्रत्यक्षदर्शीले टेलीफोन गरेर जानकारी दिएका छन् ।आगजनीको जिम्मा यो समाचार तयार पार्दासम्म कसैले पनि लिएको छैन तर नेपाल बन्द सफल पार्न नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
   यसैबिच विप्लव समूहका लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बतउनु भयो ।
  त्यस्तै कावासोती नगरपालिकाका उपमेयरको गाडीमा पेट्रोल छर्केर आगजनी भएको छ ।राति साढे १ बजेनगर उपप्रमुख प्रेम शंकर मर्दनियाले चढ्ने लु १ झ ३२१ नम्बरको गाडीमा आगजनी भएको हो ।उपप्रमुख मर्दनियाको आफ्नै निवास कावासोती १५ अमलटारिमा पार्किंङ गरी राखेको गाडीमा आगजनी भएको हो ।मोटरसाइकलमा आएका २ जनाले आगजनी गरेर फरार भएका थिए । भने, आगजनीबाट गाडीको पछाडिको भागमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । विप्लब समुहले नेपाल बन्द सफल पार्न सहयोग गरिदिन सबै पक्षलाई अनुरोध गर्दै अवज्ञा नगर्न चेतावनी पनि दिएको छ । समचार चितवन र काठमाण्डौका पत्रकारहरुको सहयोगमा तयार पारियको हो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907