अफगानस्तानको अनुशासित बलिङ, भारत दवाबमा

जुन २२ डालस/ईङ्ल्याण्मा जारि विश्वकप क्रिकेट २०१९ मा अफगानिस्तानका बलरले भारत बिरुद्ध उत्कृष्ट बलिङ प्रर्दसन गरेका छन् । जसका कारण भारतले २ सय २५ रनको लक्ष्य दिएको छ ।मुख्यतः अफगानिस्तानका स्पेन बलरले अनुशासित ढंगले बलिङ गर्दा भारतका खेलाडिले दवाब महसुस गरेका थिय । मुजिब रहिमनले १० ओभरमा एक विकेट लिंदै जम्मा २६ रन दिय ।त्यस्तै महोहद नाविले ९ ओभरमा दुई विकेट लिंदै ३३ रन दिय । रसिद खानले आफ्नो दश ओभरमा ३८ रन दिदै दुई विकेट लिय । अर्का स्पिन बलर रहमले ५ ओभर बलिङ गरि २२ रन दिय । उता सिम बलरले पनि मध्यम खाले प्रर्दसन गर्दा भारतका खेलाडि आफ्नो लयमा फर्कन सकेनन्।

साउथ ह्याम्पटनमा टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन मात्र बनाउन सक्यो ।भारतको सुरुवात राम्रो हुन सकेन । टिमको स्कोर मात्र ७ रन हुँदा भरपर्दा ब्याट्सम्यान रोहित शर्मालाई मुजिब उर रहमानले बोल्ड गरेका थिए । त्यसपछि दबावमा आएको भारतका कुनै पनि ब्याट्सम्यानलाई अफगान बलरहरले खुलेर खेल्न दिएनन् ।
यद्यपि कप्तान विरोट कोहलीले केएल राहुलसँग मिलेर पारी सम्हाल्ने कोसिस गरे । ५७ रनको साझेदारी गरेका राहुल ३० रनमा आउट भए । विजय शंकरले पनि कोहलीलाई राम्रै साथ दिए ।
५८ रनको साझेदारी गरेका उनी २९ रनमा आउट भए । चौथो विकेटका रुपमा कोहली व्यक्तिगत ६७ रनमा आउट भए, जतिबेला भारतको स्कोर १३५ रन थियो । एमएस धोनी र केदार जादवले भारतीय पारी सम्हाल्ने प्रयास गरे । धानी २८ रनमा आउट भए भने जाधव ५२ रनमा आउट भए ।
हार्दिक पाण्डेय ७ र मोहम्मद सामी मात्र १ रनमा आउट भए ।
जवाफि ब्याटिङ गरिरहेको अफगानले अहिले ५.१ ओभरमा १६ रन बनायको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907