बेसार सेबन स्वास्थ्यको लागि कति लभदायक ?

 बेसार  स्वस्थ्यकालागि बहुउपयोगि बस्तु हो यसमा पाईने बिभिन्न तत्वले मानब सरिरमा रहेका अवश्यक चिजलाई निष्कृय गर्न अर्थात निर्मुल समेत गर्ने गर्दछ । एसियन देशहरुमा खानामा र रंगको रुपमा प्रयोग हुने बेसार स्वस्थकालागि सच्चिकै लाभदायक छ ।

जनि राखौं बेसारको उपयोगिता बारे ।
बेसारमा करक्युमिन रहेको हुन्छ, जसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्छ। त्यसैले दूध र बेसार पिउँदा क्यान्सरसँग लड्ने क्षमता पनि बढ्छ। लामो समयदेखि ग्यस्ट्रिकको शिकार भइरहेका बिरामीलाई बेसारको नियमित सेवनले पूर्ण रुपमा फाइदा पुर्‍याउँछ।
विभिन्न मेटलबाट शरीरमा फैलिने विषादिबाट बेसारले जोगाउने काम गर्छ। शरीरमा लागेको चोटपटक छिटोभन्दा छिटो निको पार्न बेसारले प्रमुख भूमिका खेलेको हुन्छ।बेसारले खप्नै नसकिने गरी पोलेका र दुर्घटनामा परेर अप्रेसन गर्नुपर्ने बिमारीलाई समेत पेनकिलरको रुपमा फाइदा पुर्‍याएको हुन्छ। गाउँघरतिर आलो घाउमा बेसारको धुलो हाल्नुको वैज्ञानिक कारण पनि यही हो।
बेसार र दूधको मिश्रणमा क्याल्सियम बढी हुन्छ, जसले गर्दा हड्डी बलियो हुन्छ। कम फ्याट भएको दूधमा बेसार मिसाएर पिउँदा पाचन प्रणाली चुस्त रहनुका साथै  कलेजोको विषाक्त पदार्थ हटाउन मद्दत पुर्‍याउँछ बेसारले मानव शरीरको डिएनए क्षति हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ।
पेटसम्बधी यावत रोगको निदान गर्न बेसारले मद्दत पुर्याउँछ।  हड्डिमा हुने सम्पूर्ण समस्यालाई बेसारले फाइदा गर्छ।मांसपेशीमा हुने विभिन्न पीडालाई बेसार सेवनले केही हदसम्म कम गर्छ। रक्तअल्पतापनि बेसारले फाइदा पुर्‍याउँछ।
ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा रुघा पाक्छ र चाँडै आरामहुन्छ। साथै २ चम्चा बेसार २ गिलास पानीमा पकाउने र १ गिलासभएपछि दिनको २ पटक कुल्ला गरेमा ठिक हुन्छ।
दिसा–पिसाबमा हुने सन्क्रमण घटाउन पनि बेसार उत्तम हुनुका साथै मिर्गौलासम्बन्धी रोगीलाई पनि फाइदाजनक मानिएको छ।बेसारको नियमित प्रयोगले डिप्रेसन अर्थात् मानसिक चिन्ताको शिकार हुनबाट जोगाउँछ। बेसारको प्रयोगले स्मरण शक्तिमा वृद्धि गर्छ।कुनै अप्रिय घटनाको झट्काबाट बाहिर निस्कन विशेष मद्दत पु¥याउँछ। बेसारको प्रयोगले आँखामा हुने विभिन्न संक्रमणबाट जोगाउन मद्दत गर्छ।
छालाको लागि त बेसार अमृत नै मानिन्छ। सौन्दर्यका समान उत्पादन गर्दा पनि बेसार पर्याप्त प्रयोग गरिन्छ।
दूध र बेसार मिसाएर सेवन गर्दा पाचन यन्त्र चुस्त रहनेदेखि महिनावारीका बेला हुने पेटको दुखाइसम्मको समस्या हल हुन्छ। यदि अनिद्राको समस्या छ भने बेसार र दूध पिउनु लाभदायक हुन्छ। बेसार मिसाइएको दूधमा ट्रायटोफन हुन्छ, जसले राम्ररी निद्रा लगाउँछ।
१ चिम्टी खाने खयर र १ चिम्टी बेसार तातोपानीसँग बिहान–बेलुका खाने गरेमा २/३ दिनमा नै सुख्खा खोकी ठिक हुन्छ।धेरै पटक पिसाब गरिरहनुपर्ने, पानी तिर्खा बढी लाग्ने भएमा वा मधुमेह (डायबिटिज) भएमा बिहान–बेलुका १÷१ चम्चा शुद्ध बेसारको धूलो पानीसँग खाँदा फाइदा पुर्‍याउँछ।डाइबिटिज, रक्तचाप, मुटुसम्बन्धी समस्या र वजन घटाउन पनि बेसारको प्रयोग निकै उपयोगी मानिन्छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907