चिरप्रति‍‌दोन्दि भारत संग हार्यो पाकिस्तान

 जुन १६, डालस / क्रिकेट प्रेमिहरुले छुट्टै नजरले हर्ने भारत र पाकिस्तान बिचको खेलमा भारत  विजयी भयको छ । एक दिवसिय विश्वकप क्रिकेटको  ईतिहास हेर्दा  हालसम्म पाकिस्तानले भारतलाई पराजित गर्न सकेको छैन। विश्वकपमा दुई टिम सातौँ पटक प्रतिस्पर्धा गर्दा गर्दै  कहानी फेरी दोहोरिन पुगेको छ,अर्थात भरत फेरि बिजयी भएको छ ।

ओल्ड ट्रयाफर्ड म्यानचेस्टर मैदानमा भारतले दिएको ३३७ रनको लक्ष्य पछ्याउने क्रममा  खेल वर्षाले  पटक पटक अबरुद्ध गर्यो ।  आईसीसी एकदिवसीय विश्वकपमा भारतले पाकिस्तान बिरुद्धको अपराजित यात्रा कायमै राखेकोछ। सन् १९९२ देखि विश्वकपमा भारतले पाकिस्तानलाई सातौँ पटक पराजित गरेपछि पाकिस्तानको भारतबिरुद्ध विश्वकपमा  जित निकाल्ने प्रतीक्षाको घडि पुनः लम्बिएको छ ।
भारतले दिएको ३३७ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्ताान   ३५ ओभरमा १६६/६ को स्थितिमा रहंदा  वर्षाा पनःसुचारु हुँदा दोश्रो इनिंग ४० ओभरमा छोट्याइएको थियो। बाँकी ५ ओभरमा पाकिस्तानलाई जित्न १३६ रन आवस्यक रहेको थियो। असम्भव लक्ष्य पाकिस्तानले पछ्याउन सकेन र खेल डीएल मेथडमा भारत ८९ रनले विजयी भयो।
जितसंगै ४ खेलमा ३ जित र १ नतिजाविहिन खेल रहंदा भारत अंकतालिकाको दोश्रो स्थानमा उक्लेको छ। समान नतिजा सहित ७ अंक रहेपनि न्युजिल्याण्ड नेटरन रेटमा पछि रहँदै तेश्रो स्थानमा रहेको छ। अस्ट्रेलिया ५ खेलमा ४ जित सहित पहिलो तथा इंग्ल्याण्ड ६ अंक सहित चौथो स्थानमा रहेको छ। लक्ष्य पछ्याउने क्रममा पाकिस्तान एक समय ११७/२ ( २३.६ ) को राम्रो अवस्थामा रहेको थियो। तर त्यसपछि पाकिस्तानले लगातार विकेट गुमाउन पुग्यो।ओपनर फखर जमानले सर्वाधिक ६२ , बाबर आजमले ४८ तथा इमाद वासिमले अविजित ४६ रन बनाए।पाकिस्तानले ४० ओभरमा ६ विकेट गुमाएर २१२ रन बनाउन सक्यो।भारतको लागि बलिंगमा भिजे शंकर, हार्दिक पान्ड्या र कुलदिप यादबले २/२ विकेट लिए।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907