बाग्लुङमा सम्बन्ध बिच्छेदका घटना बढ्दो क्रममा

 जुुन १३  / २०७४ सालमा मुलुकी देवानी संहिता  कार्यान्वयनमा आएसँगै बागलुङमा सम्बन्ध बिच्छेदका घटना दिनानुदिन बढ्दो क्रमाम छन् । कानूनीरुपमा महिला र पुरुष दुवैले सम्बन्ध बिच्छेद गर्न पाउने व्यवस्था भए सँगै जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका लागि आउनेको संख्या बढेको  हो । जिल्ला अदालत बागलुङको तथ्यांक अनुसार चालु आर्थिक बर्षको पछिल्लो तीन महिनामा  ५४ वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका छन् । जसमध्ये ५ वटा मुद्दा अंश मानाचामल सम्बन्ध बिच्छेदका छन् । जस मध्ये १३ जना पुरुषले सम्बन्ध बिच्छेद माग गरेका छन् भने बाँकी  महिला छन् ।

पछिल्लो तथ्यांकलाई हेर्दा गत बर्षको तुलनामा यस बर्ष सम्बन्ध बिच्छेदका मुद्दा अत्याधिक बढेको जिल्ला अदालत बागलुङका श्रेस्तेदार भेषराज पौडेलले बताए । दर्ता भएका मुद्दा मध्ये २६ मुद्दाको फैसला हुने प्रक्रियामा छन् भने बाँकी २७ मुद्दा फैसला भै सकेको श्रेस्तेदार पौडेल बताउछन्  । गत बर्षमा झण्डै एक सय मुद्दा मात्रै सम्बन्ध बिच्छेदका लागि दर्ता भएका थिए । गत भदौ देखी नै सम्बन्ध बिच्छेदका मुद्दा दर्ता हुने क्रम बढेको पौडेलले बताए । पुरुषले पनि सम्बन्ध बिच्छेद गर्न पाउने कानूनी व्यवस्था भए सँगै मुद्दाको संख्या बढेको पौडेलको दावी छ । बैदेशीक रोजगारीका कारणले पनि सम्बन्ध बिच्छेदका घटना बढाएको छ । लामो समय बिदेशमा बस्ने र परिवारलाई वेवास्ता गरेको भन्दै सम्बन्ध बिच्छेदका लागि आउने गरेको पौडेलले बताए । पश्चिमा सँस्कृति र इन्टरनेटका माध्यम बाट बन्ने नयाँ सम्बन्धपनि बिच्छेदका कारण बन्ने गरेका छन् । ‘हाम्रोमा अरुको नक्कल गर्ने प्रचलन बढी भयो’ अधिबक्ता राम शर्माले भने ‘सामाजिक सञ्जाल, इमेल इन्टरनेटले पुरानो सम्बन्ध बिगार्ने र नयाँ सम्बन्ध कायम गराएको छ ।’

पारिवारीक विश्वास गुमाएकै कारणले सम्बन्ध बिच्छेदका घटना बढ्दै गएको शर्माको अनुभव छ । ‘बिदेशमा बस्नेले घरको र घरमा बस्नेले बिदेशमा भएकाको विश्वास गर्न नसक्दा समस्या बल्झिने गरेका छन्’ उनले भने ‘यसको असर हाम्रो सामाजिक परम्परा र मान्यतामा परिरहेको छ ।’ महिला हिंसा बिरुद्धका अभियान र जनचेतनाको स्तर बढ्दै गएका कारणले पनि सम्बन्ध बिच्छेद बढेको शर्माको अनुभव छ । ‘पहिले हिंसामा परेका महिला हिंसा लुकाउँथे अहिले खुलेर आउँछन र सम्बन्ध बिच्छेद गर्छन्’ शर्मा भन्छन् ‘यो मामिलामा घटना बढेको भएपनि सकारात्मक पाटो छ ।’ जिल्ला अदालतमा पछिल्लो तीन महिनामा १ सय ४०  हिंंसा समम्न्धि  मुद्दा दर्ता भएका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907