विश्वकपमा अष्ट्रेलियाको पहिलो हार
June 10, 2019 | 9:24 am    
डालस / वेेेेल्स र इङ्गल्याण्डले संयुुुुक्त आयोजना गरेको विश्वकपमा क्रिकेट प्रतियोगितामा डिफेन्डिङ च्याम्पेेन अष्ट्रेलियाले पहिलो हारको सामना गर्नु परेको छ । जारी विश्वकपमा यो अष्ट्रेलियाको पहिलो हार हो । यस अघिका खेलमा अष्ट्रेलियाले वेष्ट इण्डिज र अफगानिस्तानलाई हराएको थियो ।
उता भारतले भने लगातार दोस्रो जित निकाल्दै आइतबार भएको खेलमा पाँच पटकको च्याम्पियन अष्ट्रेलियालाई ३६ रनले पराजित गरायो । भारतले यसअघि दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।
भारतले दिएको ३५३ रनको फराकिलो लक्ष्य पछ्याएर जोवफि ब्याटिङमा मैदान उत्त्रेेेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै १० विकेट गुमाएर ३१६ रन मात्र बनाउन सक्यो ।अष्ट्रेलियाका स्टिभ स्मिथ, डेभिड वार्नर र एलेक्स केरीले अर्धशतकीय लाई जित दिलाउन सकेनन् । स्मिथले ६९ रन जोड्दा वार्नरले ५६ रनको योगदान दिए । एलेक्स ५५ रनमा अविजित रहे । यस्तै उस्मान ख्वाजाले ४२, कप्तान आरोन फिन्चले ३६ तथा ग्लेन म्याक्स्वेलले २८ रन बनाए । भारतका बलर जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले ३-३ विकेट लिए भने युजभेन्द्र चाहलले २ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३५२ रन बनाएको थियो । खेलमा उच्च स्कोर बनायका शिखर धवनले शतकीय इनिङ् खेले । धवनले १०९ बलमा १६ चौकासहित ११७ रन जोडे । कोहलीले ८२ रन जोड्दा रोहित शर्माले ५७ रन बनाए । हार्दिक पाण्डयाले ४८ रन जोडे । यस्तै महेन्द्र सिंह धोनीले विस्फोटक ब्याटिङ गर्दै १४ बलमा २७ रन बनाए ।अष्ट्रेलियाका मार्कस स्टोनीसले स्टार खेलाडि बिराट कोहोलि र ध्वनिको गरि २ विकेट लिएका थिय ।