पाकिस्तानको विश्वकपमा पहिलो जित

डलास /  एकदिवसिय विश्वकपमा क्रिकेट खेलमा पाकिस्तानले पहिलो जित निकालेको छ । उसले घरेलु टिम इंग्ल्याण्डलाई १४ रनले हरायर पहिलो जित दर्ता गरेको हो ।पहिलो खेलमा  वईस्टिन्जिज संग लज्जास्पद हार ब्यहोरेकाे पाकिस्तानले आज भने मजबुत ब्याटिङ गर्यो । उसले ५० ओभरमा ८ विकेट क्षतिमा तीन सय ४८ रन बनायो ।टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गरेको थियो । उसका फाकर जमानले ३६ रन बनाए भने इमाम उल हकले ४४ तथा बाबर अजामले ६३ र मोहम्मद हफिजले ८४ रन थपे ।कप्तान सरफराज अहमेदले ५५ रनको योगदान गरे ।
पहिलो विकेट गुमाएपछि दोस्रो विकेट पनि सस्तैमा गुमाएको पाकिस्तानका लागि अजाम र हफिजले तेस्रो विकेटका रुपमा ८८ रनको साझेदारी गरे ।चौथो विकेटका लागि हफिज र सरफराजले ८० रनको साझेदारी गरेपछि पाकिस्तान बलियो लक्ष्य तयार गर्न सक्यो  । बलिङमा इंग्ल्याण्डका क्रिस ओक्स र मोयन अलीले तीन तीन विकेट लिए ।

जवाफमा इंग्ल्याण्ड ५० ओभरमा नौ विकेट गुमाउँदा तीन सय ३४ रनमा रोकियो । राम्रो सुरुवात गर्न नसकेको इंग्ल्याण्डले १२ रनमा पहिलो विकेट गुमायो । त्यसपछि उसको स्कोर ६० रन हुँदा दोस्रो विकेट झर्यो । सुरुवाती खेलाडीले राम्रो खेल्न नसक्दा इंग्ल्याण्डले एक सय १८ रनमा चार विकेट खेर फाल्यो । उसका ओपनर जेसोन रोय ८ रनमा आउट भए भने जिमी ब्रेस्टो ३२ रनमा पेभेलियन फर्किए । पाँचौ विकेटका लागि जोय रुट र जोस बट्लरले एक सय ३० रनको साझेदारी गर्दै पारि सम्हालेका थिए । जसमा रुटले सतकीय पारी खेले । तर रुट एक सय चार बलमा १० चौका र एक छक्काको मद्दतमा एक सय सात रन बनाउँदा आउट भए ।

ईङ्लिस् टिमका लागी जस बटलरले पनि सतक प्रहार गरे । एक     दवसिय विश्वकपमा कम बलमा सतक बनाउने पहिलो इंग्ल्याण्डको खेलाडी बनेका बट्लरले ७५ बलमा सतक बनाएका थिए । जसमा उनले नौ चौका र दुई छक्का प्रहार गरे । तर एक सय तीन रनमा आउट भएपछि इंग्ल्याण्ड ठुलो दबावमा परेको थियो ।  मोयन अलीले १९ र क्रिस वक्सले २१ रन थपेका थिए । इंग्ल्याण्डलाई अन्तिममा जितका लागि १४ रन चाहिएको थियो । तर त्यो रन जोड्न नसक्दा खेलमा ईग्ल्याणले पहिलो हर बेहोर्न पुग्यो ।किफायति बलिङ्ग गरेका पाकिस्तानका बलर सादाब खान र मोहम्म   आमिरले दुई र वहाब रियाजले३ विकेट लिए । एपीएफले प्रदेश नम्बर ५ लाई १८५ रनको लक्ष्य

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907