फेरि हार्यो दक्षिण अफ्रिका।

  
  टेक्सास, अमेरिका / उद्घाटन खेलमा आयोजक इंगल्यण्ड संग हारेेेेको दक्षिण अफ्रिका दोस्रो खेलमा बङ्गालादेश संग पनि हारेको छ।
 दक्षिण अफ्रीकाको यो लगातार दोश्रो हार हो।  विश्वकपको उद्घाटन खेलमा इंग्ल्याण्डसंग दक्षिण अफ्रीका १०४ रनले पराजित भएको थियो
विश्वकपमा सधै अभागि  टिमको रुपमा चिनिने अफ्रिकि टिमको खेलिसकेका दुई खेलमा प्रर्दशन सन्तोषजना थियन । टस जितेर फिल्डिङ रोजेको दक्षिण अफ्रिकाका मुख्य बलर डेल स्टेन चोटका कारण खेलमा फर्किन नसक्दा टिमले दबाव महसुस गरेको स्पस्ट बुझ्न सकिन्छ । डेल स्टेन बिनको अफ्रिकि टिमका बलरसामु बङ्गलादेश हाबि भयो । उसले ५० ओभर पुरा खेलि ६ उईकेट गुमायर ३३० रन बनायको थियो । बङ्गलादेशका लागि तमिमले १६,सोमे सरकारले ४२,सकिले ७५, रहिमले ७८,मिथनले  २१ महादुबअल्लाहले ४६ र हसनले २६ रनको योगदान गरे ।
बंगलादेशले दिएको ३३१ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रीकाले ५० ओभरमा ८ विकेट गुमाएर ३०९ रन मात्रै बनाउन सक्यो। लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रीकाले ईङ्गल्याण्डसंगको खेलमा भन्दा  राम्रो सुरुवात गरेको थियो। तर निरन्तर  रुपमा  बंगलादेशले विकेट  निकाली रह्यो ।  क्विन्टन डी कक २३, ऐडेन मारक्रम ४५, फाफ डु प्लेसिस ६२, डेभिड मिलर ४८, भान डर डुसेन ४१ रन बनाएर आउट भए।जेपी डुमिनिले ४५ रन बनाउदै जिततर्फ लैजाने प्रयास गरेता पनि तल्लो क्रमका ब्याट्सम्यानले उनलाई साथ दिन सकेनन्। ४८ औं ओभरमा डुमिनिको विकेटसंगै दक्षिण अफ्रीकाको आशा पनि सकिएको थियो। ५० ओभर ब्याटिंग गरे पनि दक्षिण अफ्रीकाले ८ विकेट गुमाएर ३०९ रन मात्रै बनाउन सक्यो। बंगलादेशको लागि मुस्तफिजुर रहमानले सर्वाधिक ३ , मोहम्मद सैफुद्दीनले २, तथा मेहदी हसन र शाकिव अल हसनले र १ विकेट लिए। बंगलादेशी अल-राउण्डर शाकिब अल हसन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २५० विकेट र ५ हजार बढी रन बनाउने सबैभन्दा छिटो क्रिकेटर बनेका छन् । १९८ औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने क्रममा शाकिवले यो रेकर्ड आफ्नो नाम गरेका हुन् । यस अघि श्रीलंकाका सनथ जयसूर्याले ३०४ खेलमा, पाकिस्तानका शाहिद अफ्रिदीले २७३ खेलमा, दक्षिण अफ्रीकाका ज्याक कालिसले २९६ खेलमा तथा पाकिस्तानका अब्दुल रज्जाकले २३४ खेलमा यो रेकर्ड आफ्नो नाम गरेका थिए।देब्रे हाते स्पिनर शाकिबले दक्षिण अफ्रिकाका  डेन मारक्रमको विकेट लिंदै २५० विकेट पुरा गरेका हुन् । उनले ब्याटिंगमा कुल ५७१७ रन बनाएका छन्।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907