हार्यो दक्षिण अफ्रिका ,इंङ्ल्याण्डको विजयी सुरुवात
आइसीसी एकदिवसिय क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड पहिलो खेलमा नै विजयी भएको छ । उसले दक्षिण अफ्रिकालाई एक सय चार रनले हरायो ।
लण्डन स्थित द ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै तीन सय ११ रन बनायो । कमजोर सुरुवात गरेपनि इंग्ल्याण्डको पारीलाई जेसोन रोय र जोय रुटले बचाए । एक रनमा पहिलो विकेट गुमाएको इंङ्ल्याण्डले रोय र रुटले दोस्रो विकेटका रुपमा एक सय ६ रनको साझेदारी गरे ।जसमा रोय ५४ रनमा आउट हुन पुगे । इंग्ल्याण्डका लागि रुटले ५१ रन बनाए भने इयोन मोर्गनले ५७ रन बनाए । मोर्गन र बेन स्कोट विच चौथो विकेटका लागि एक सय ६ रनको साझेदारी भएको थियो । उसको पारीमा जोस बट्लरले १८ रन बनाउदा मोयन अलीले मात्र तीन रन जोडे । बेन स्टोकले ८९ रन बनाए । यस्तै चाल्र्स वोक्सले १३ रन थपे ।बलिङमा इमरान ताहिरले २ र लुगंल नेगिडीले तीन विकेट हात पारे ।
३१२ को विजयी लक्ष्य पछ्याको दक्षिण अफ्रिकाले राम्रो सुरुवात गर्न सकेन । ३६ रन बानउदै गर्दा ब्यट्सम्यान एडान मर्करम आउट भय । दोस्रो उईकेटको रुपमा कप्तान फाप डुप्लुसि आउट भय जुन समय शुरुवाति ब्यट्सम्यान हसिम अम्ल चोटका कारण मैदान बाहिर थिय । दक्षिण अफ्रिकाको लागि कुईन्टन डि ककले सर्वाधिक रन ६८ बानय अनि अर्का ब्यट्समेन भान डेर डुसेन अर्ध सतकिय पारि खेले पनि टिमलाई हार बाट जोगाउन सकेनन् । दक्षिण अफ्रिकाले ३९.५ ओभरमा २०७ रनको योगफल तयार पर्दै गर्दा आफ्ना सबै उईकेट गुमाई सकेको थियो ।
इंंगल्याण्डको लागि जोफ्रा आँचरले सर्वाधिक ३ उईकेट ल्यउदा खेलका म्यन अफ द म्याच बेन स्टकले उत्कृस्ट क्याच लियका थिय । प्रतियोगिताको उदघाटन राजकुमार ह्यारिले गरेका थिए ।