कस्ले कब्जा गर्ला वल्डकपको ट्रफि ?

बलराम शर्मा, डालस  /  क्रिकेटको महाकुम्भ अर्थात विश्वकप क्रिकेट प्रतियोगिता २०१९ आजबाट शुरु हुदै छ। ईङल्याड र वेल्सले संयुक्त रुपमा आयोजना गरेको वल्कपको २०१९ को तयारि पुरा भयकोआई सि सि ले जानाकारि दियको छ । आई सि सिका अनुसार उद्घाटन खेल ईङल्याडको ओभल क्रिकेट स्टडियममा हुनेछ । खेल नेपाली समय अनुसार दिउसो सबा तिन बजे बाट शुरु हुने छ ।
प्रतियोगितामा भारत, पाकिस्तान, बङ्गलादेश , ‌श्रिलङ्का, अफगानस्तान, वस्ट ईन्डिज, अस्ट्रेलिया ,न्यजल्यण्ड, ईङल्यण्ड र दक्षीण अफ्रिका गरि १० देशको सहभागिता रहेको छ । सहभागि दश राष्ट्रले यस पटकको कप अफ्नो पक्षमा पार्ने दावि गरिरहेका छन् ।झट्ट हेर्दा सम्पुण टिम मजबुद देखिन्छन । यो बिश्वकपमा अफगानस्तानको लागि भने पहिलो अनुभब हुनेछ । पहिलो सहभागिता भयपिन अफगानस्तानि टिम उच्च मनोबलका साथ उत्रने टिमका प्रशिक्षक बताउछन् । केहि वर्ष यता खासै लयमा नदेखिय पनि श्रिलङ्काले बल्डकपमा भने अाफ्नो सम्पुर्ण सामर्थ्या प्रयोग तयारिमा देखिन्छ ।श्रिलङ्काले सन् १९७९ मा वल्डकप जितेको छ ।
विश्व क्रिकेटमा लिगमा ईङ्ल्याण्ड र दक्षिण अफ्रिकी टिमलाई अभागी टिम भनिन्छ । खेलाडि र खेल उत्कृष्ठ हुँदा हुदै पनि यि दुई टिमले वल्डकपलाई अाफ्नो देशमा भित्राउन सकेका छैनन् । बिबिध कारणले दक्षिण अफ्रिकाको यात्रा सेमिफाइनल भन्दा अघि बढ्न सकेको छैन । यो पटक ऐतिहासिक उपलब्धि हासिल गर्ने लक्ष्यका साथ दक्षिण अफ्रिकी टिम विश्वकपको मैदानमा उत्रिने तयारी गरिरहेको छ । दक्षिण अफ्रिका टिमका लागि विश्वकप सँधै नाटकीय हुँदै आएको छ । उत्कृष्ट प्रदर्शन गर्दा–गर्दै पनि टिमले पनि फाइनलमा स्थान बनाउन सकेको छैन । दूर्भाग्यका कारण चेकर उपनाम पाएको दक्षिण अफ्रिका चारपटक सेमिफाइनलबाट बाहिरियो । सन् १९९२ मा इंग्ल्याण्डसँग, सन् १९९९ मा अष्ट्रेलियासँग, सन् २००७ मा फेरी अष्ट्रेलियासँग र २०१५ मा न्यूजिल्याण्डसँग पराजित भएपछि दक्षिण अफ्रिकी टिमको सपना चकनाचुर भएको थियो ।

दक्षिण अफ्रिकाजस्तै अर्को अभागी टिम हो इंग्ल्याण्ड । क्रिकेट खेलको सुरुवात इंग्ल्याण्डमा भयता पनि वान डे वल्कपको ट्रफि चुम्न पायको छैन। यस पटक आफ्नो शाख जोगाउने अर्को प्रयासमा रहनेछ ईङ्ल्याण्ड ।
इंग्ल्याण्डले चार पटक विश्वकपको आयोजना गर्यो र तीन पटक फाइनल खेल्यो । तर यो प्रतिष्ठित ट्रफी घर भित्राउन सकेको छैन ।अाफ्नै मैदानमा पाहुना टोलि दक्षिण अफ्रिकाविरुद्ध जित निकाल्दै इंग्ल्याण्ड प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ ।
यसअघिको संस्करणमा समूह चरणबाटै बाहिरिएको इंग्ल्याण्ड कप्तान इयोन मोर्गानको नेतृत्वका कारण उच्च मनोबलका साथ उत्रिनेछ । फाफ डू प्लेसीको कप्तानीले दक्षिण अफ्रिका पनि उस्तै मनोबलका साथ ओभल मैदानमा उत्रिनेछ ।
अस्ट्रेलियन टिमले पनि यस विश्वकपमा हेर्नलायकको खेल देखाउने क्रिकेटका पन्डितहरु बताउँछन् । भर्खरै प्रतिबन्ध बाट फुकुवा भयका अाडम स्मिथ र डेविड वार्नरलेको खेलले टिमलाई उर्जा मिल्ने छ । २०१५ को बिजेता अस्ट्रेलियाले हाल सम्म ५ पटक वल्डकप जितेको छ । सो कारणले पनि कंगारु टिम उच्च मनोबलका साथ खेलखेल्ने छ ।
वस्ट ईन्डिजका बिस्पोटक ब्यडस्स मेन क्रिस गेल र अान्द्रे रसेल अन्य राष्ट्रको तगारो बन्न सक्ने छन् । अन्य टिमले गेल र रसेललाई रोक्ने रणनिति बनाउनु पर्नेछ गेल र रसेलको अक्रामक ब्याटिङ वल्डकपको अाकर्षण हुने रसेल गल समर्थक बताउछन् । बिस्वकपको ईतिहांसमा २ पटकको च्याम्पेन वेस्ट ईन्डिजलाई पनि सामान्य टिमको रुपमा अांकलन गरिय त्यो भुल हुनेछ ।

उता भारतिय टोलि आई सि सि रेङकिङमा अहिलेको नम्बर वन ब्याड्स मेन बिराट कोहलिको क्लासिक गेम र क्याप्टेन कुल महेन्द्र सिंह ध्वनिको अन्तिम धक्कालाई लियर वल्डकप यात्रा तयार गरेको छ । टिममा उत्कृष्ठ ब्यास्स मेन, बलर,फिल्डर र अल राउन्डरले भरिभराउ टिम भयकाले भारतले यसपालिको ट्रफि उचाल्न सक्ने कतिपय क्रिकेटको पण्डित हरुको बुझाई छ । ध्वनिको टेक्निकले अन्तिम वल्कपमा कस्तो रुप लिनेछ त्यो भने हेर्न बाँकि नै छ । भारतले २ पटक वल्डकप जितेको छ ।अन्य वल्डकपमा जस्तै भारत र पाकिस्थान विचको भिडन्त यस वल्डकप क्रिकेटको बिषेश आकर्षण बन्ने छ। १ पटक विश्वकप जितेको पाकिस्तान पनि यस पटक वल्डकप जित्ने दाउमा छ ।
त्यस्तै चुस्त दुरुस्त फिल्डिङले सजिने न्युजल्याण्ड पनि अझै सम्म ट्रफिलाई आफ्नो देशमा लैजाान सकेको छैन २०१५ को उपबिजेता टिम न्युजल्याण्ड यस पटक विजेता बन्दै ईतिहासिक जित दर्ता गर्न जोड तोडले लाग्ने छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907