जनआन्दोलन र गणतन्त्रका बाछिटाहरु ।
May 29, 2019 | 2:08 pm    
आज १२औं गणतन्त्र दिबस । जनआन्दोलनको जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । २३८ वर्ष लामो शाह बंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउन थालिएको छ ।
देशमा तत्कालिन समयमा बिध्यमान राजतन्त्रका बिरुद्ध नेपाली कांग्रेस नेत्रीत्वमा रहेका सात राजनितिक दल र शसस्त्र युद्धरत नेकपा माओवादी बिचको अन्तरिक सम्झौताको प्रतिरुप २०६२/६३ जनअन्दोलन हो । त्यहि जनआन्दोलनलको जगमा टेकेर देशमा गणतन्त्रको स्थापना भयको थियो ।
सो समयमा युद्धरत माओवादी राज्य सत्ता र शासन सत्ता बिरुद्ध भन्दै शस्त्र अस्त्र सहित जंगलमा थियो भने नेपालका राजनितिक दलहरु अधिकार बिहिन र शासन बिहिन थिय । पुर्ब राजा ज्ञनेन्द्र शाहद्धरा २०४७ सालको अन्दोलनबाट स्थापित प्रजातन्त्रलाई आफ्नो हातमा लिईनु र तत्कालिन प्रधानमन्त्रिलाई अपदस्द समेत गरिनुले राजनितिक दलहरु राजतन्त्रको बिरुद्ध गोलबध्द हुन बाध्य भय । भने माओवादिलाई जनआन्दोलन शान्ति प्रकृयामा आउने सेतु बन्यो । पुर्बराजा शाहले नेपालका सात राजनितिक दालको हेराईमा लोकतन्त्रिक सासनमाथि कु गरेकै कारण संबैधानिक राजतन्त्र शासन ब्यबस्था बिरुद्ध धावा बोल्दै गर्दा जनमानसमा पनि आफ्ना अत्यन्तै लोकप्रिय राजा बीरेन्द्रको स परिबारको रहस्यमय हत्याको दोसि सन्द्रभमा चित्त बुझ्दो जोवाफ जानेन्द्र सरकारबाट नपाउनाले समस्त नेपलि जनतामा समेत शासन फेरेमा दैनिक जनजिवना सहजता हुन्थ्यो कि? भन्ने सोचको बिकास हुन पुग्यो । जुन सोचको अर्को कारण माओवादिको युद्ध हो, दुर- दराजका जनतामा सत्ता र सासन ब्याबस्था बिरुद अनेकौं पाठ सिकाईन्थियो र हरेक प्रकृया बाट जतालाई युद्धमा गोलबद्ध गराउदै गर्दा जनतामा राजतन्त्र प्रति बितृष्णा पैदा भयो।राजा परिचाल गरेका तत्कालिन शाहि नेपालि सेना र माओबादि बिचको युद्धको जगजगिको कारणले पनि देशमा जनअन्दोलन हुदै गणतन्त्र स्थापना भयो ।
जनताको अधिकार राजाले आफ्नो हातमा लिदा
नेपाली कांग्रेसको नेत्रित्वमा रहेका सात राजनितिक दलले तत्कालिन शासन ब्यवस्था परिबर्तन गर्न खोज्नु , माओवादि युद्धले जनताको दैनिकि कष्ठकर हुनु अनि राजा बीरेन्द्रको बंश नासको घटनालाई स्पस्ठ नपारिनुले जनतामा तत्कालिन शासनको बिकल्प खोज्नु र शासन सत्ता र राज्य सत्ता बिरुद्ध माओबादिको शंख उध्घोसको संगम नै गणतन्त्र हो ।
वस्तबमा जनआन्दोलनको रापले उच्चरुप लिदै गर्दा शासन सत्ता संगै जन जिबिकामा समेत परिबर्तन भई अमन चैन र शान्ति सु ब्यवस्था कायम हुने सपना लियर नेपाली अन्दोलनमा सहभागि भए भने नेपाली राजनितिक दल जनताको सपन सकार पर्ने र देशमा आमुल परिबर्तन गर्दै सुसास कयम गर्ने जस्ता आस्वासन दिदै जनताको सथमा अन्दोलनमा सहभगि भय । जसका कारण रजतन्त्र शासन ब्यवस्थाको अन्त्ये भयो । नेपाली कांग्रेस सहित सात राजनितिक दल र माओवादि बिच दिल्लीमा भयको सात बुदे शान्ति सम्झौता संगै माओबादिले हतियार बिसायो देशले हिंसात्मक दोन्दबाट उन्मुक्ती पयो । सेना समायोजन,संबिधन सभा निर्बाचन रसंबिधानको निर्माण गणतन्त्रका उपज हुन् ।
राजनितिकदलले आन्दोलनको क्रम जनता समक्ष गरेका बाचाले अझै सर्थकता पायका छैनन् ।देशमा जे जति परिबर्तन भय ति सबै परिबर्तनमा नेपाली जनताले राजनितिक दल तथा सासकलाई साथ दिय तर जनता जुन आशा र बिश्वासले साथ दिय ति आसाले मुर्तरुप भने लियको देखिदैन । जुन आस्वासन दियर देशमा युद्ध गराईय ति आस्वासन सत्ता चढ्ने लिस्नो बने । जे जस्ता शासन परिवर्ततन भय ति राजनितिकदलका नेता अनि तिनका आसेपासेको लगि भय ।दलका नेताको दैनिकिमा काया पलट भयो भने जनताको सोचाईमा परिबर्तन आयपनि जनजिविका र आर्थिक स्थितिमा खासै बदलाब देखिदैन।परिवार संगै दुख सुख सट्दै जन्मभुमिमा कहि गर्ने सोच लियका युवाजवानका सोच पल भरमै भताभुङ हुदै अरबको गन्तव्य तयर हने क्रम दिनानु दिन बढिरहेको छ । राज्यका आर्थिक सुचाङ्कहरुले सहि ठाँउलाई निर्देसित गरेका छैनन् । अझै पनि हिंसात्मक गतिबिधिका छिटाहरु समाजमा जिबित छन्। जसका कारण कसैले राज्यमा लगानि गर्ने वाताबरण बन्दैन । बिकासको बाधक संगठानिक भष्ट्राचार बनेको छ । भ्रष्ट्राचारको रक्षक स्यंम शासक बन्दिनाले देशको अवस्था जहाँ को त्यहीं छ ।
गणतन्त्रका लागि राष्ट्रले गरेको बलिदान हरेक तह र तप्काका मानिसहरुको जनजिबिकालाई माथि उठाँउदै देशमा दिगो शान्ती, सुब्यवास्था, समानता र संम्मृदिका लागि हो । जसका लागि दुरगामि सोंच र बिकासको स्पस्ठ भिजन भयको नेत्रित्वको जनआन्दोलनले परिकल्पना गरेको थियो । तर सोहि अनुसारको अभिभाबकत्व दिन बिध्यमान राजनितिक दालको ईच्छा शक्ति कम भयको देखिन्छ ।
तेसार्थ शासन सत्ताको बागडोर समालेका राजनितिक दलहरुले राष्ट्रिय हितालाई सिरोपर गर्दै बिध्यमान सासन ब्यवस्थामा रहि देश बिकासमा लाग्नु अनिवार्य छ । जनताको सेवाकोलागि राजनितिमा होमियकाले बिसुद्ध समाजसेबा गर्ने पद्धतिको बसाल्नु पर्दछ जसबाट हुँदा खाने जनताले प्रतक्ष्य अनुभुति गर्न पाउनु पर्दछ । निषेधको राजनितिले विश्वमा कनै पनि राजनितिक दल र राज्यलाई फाईदा भयको नजिर छैन त्यसैले असन्तुष्ट पक्षका मागलाई बार्ताको माध्यमबाट समधान गर्ने वाताबरण तयार पर्न जरुरि छ । जनताका आधारभुत आवश्यकता पुर्ति गर्ने राज्यको दाईत्व हो ,यसका लागि राज्यले आफ्ना संयन्त्रहरु सहि ढंगले परिचालन गर्दै देशलाई द्रुत गतिका साथ विकासको दिसामा लैजानुका सथसथै रोजगारिको सृजना गरि बिदेसियका जनशक्तीलाई स्वदेसमा नै परिचालन गरियमा देशको बिकासले पक्का मसहार फेर्ने छ । अनि गणतन्त्रका लागि ज्यनको आहुदि दिने शहिदहरुको आत्मले शान्ति पाउनेछन् ।